चिल्ड्रेन–नेपालको दर खुवाउने कार्यक्रम सम्पन्न


 पोखरा- चिल्ड्रेन–नेपालको आयोजनामा हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । संस्थाद्धारा विद्यालय पढ्न सहयोग पाएका बालबालिकाहरु र तिनका अभिभावकहरुको निम्ति हरेक वर्ष जस्तै यस वर्ष पनि दर खुवाउने कार्यक्रम गरिएको अधिकृत शारदा शर्माले बताइन् ।

कार्यक्रममा बालबालिका र अभिभावक, सूर्यमुखी हस्ताकला कार्यक्रमका उत्पादक दिदीबहिनीहरु र कर्मचारी गरी तीनसय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न समूहमा नृत्य प्रतियोगीता समेत सम्पन्न भएको थियो । जसमध्ये आधारभूत तहमा अध्ययन गर्ने बालिकाहरु बीच भएको नृत्य प्रतियोगीतामा रोजिना बराल, राधा खत्री र सरला बि.क., माध्यमिक तहमा विष्णु बि.क. संगीता बि.क.र रोशनी प्रविन अभिभावकहरुको समूहबाट सीता नेपाली, कृष्ण अमागाई विष्णुमाया नेपाली लिला थापा, र लक्ष्मी तामाङ, सूर्यमुखी हस्ताकलाबाट शान्ता बि.क.सम्झ्mना नेपाली र रुपा बि.क., कर्मचारी तर्फ पार्वती के.सी. र पार्वती नेपाली र स्वयम्सेवक तर्फ गेमा ले उत्कृष्ट हुन सफल भई पुरस्कार प्राप्त गरेका थिए ।

चिल्ड्रेन–नेपालका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न समारोहमा बोल्दै अभिभावकको तर्फबाट मानकुमारी बि.क. र शान्ता प्यासीले चिल्ड्रेन–नेपालले सधैका वर्ष जस्तै यस वर्ष पनि कार्यक्रम गरी अभिभावकलाई माइतीको अनुभव दिलाएको बताइन् । कार्यकारी निर्देशक रामचन्द्र पौडेलले सहभागी सबैलाई हरितालिका तीजको अवसरमा शुभकामना दिदै बदलिदो मौसमका कारण स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा डिल्ली शर्मा, लोक गायक आयुस परियार लगायतले तीजको अवसमा शुभकामना व्यक्त गरेको रमेश सुबेदीले जानकारी दिए ।