दुई दिनमा १५ जना जुवाडे पोखरामा पक्राउ


पोखरा –  पोखरामा अबैध जुवा तास खेल्नेहरु दिनहुँ पक्राउ पर्न थालेका छन् । प्रहरीले सोमवार र मंगलवार दुई दिनमा १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले दिएको जानकारी अनुसार मंगलवार दिउसो साढे ३ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ फुलबारीबाट एक लाख अठ्सठ्ठी हजार सात सय पैतिस रुपैया र ४ बुक तास सहित ७ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा दुई महिला र पाँच पुरुष छन् ।

स्थानीय दुर्गा बहादुर पुनको १ तले घरमा तास खेलाइरहेको गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ ११ का घरधनी ५८ बर्षीय दुर्गा बहादुर पुन ,म्याग्दी खिबाङ घर भई हाल पोखरा लेखनाथ ११ बस्ने बर्ष ३२ की भविशा पुन, ३४ बर्षका कमल पुन, म्याग्दीको शिख घरभई पोखरा लेखनाथ ११ फुलबारी बस्ने ३५ बर्षीय कृष्ण पुन, म्याग्दी शिख घरभई पोखरा लेखनाथ ११ बस्ने बर्ष ३२ का रामचन्द्र पुन, ५२ बर्षीय शिसामति घर्ति मगर र पोखरा लेखनाथ ३३ बस्ने बर्ष ३३ का चन्द्र थापा छन् ।

यसअघि सोमवार पोखरा लेखनाथ १० महेन्द्रपुलबाट ८ जना पक्राउ परेका थिए । स्थानीय भुपेन्द्र हिराचनको घरको पाचौं तलामा जुवा तास खेलिरहेको उनीहरुको साथबाट नगद १० लाख पैसाठ्ठी हजार ६ सय पचाँस रुपैयाँ सहित ८ बुक तास बरामद गरिएको थियो । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको प्रहरी नायब उपरिक्षक खडक बहादुर खत्रीले जानकारी दिए ।