बाढी-पहिरोपिडित सहयोगार्थ स्पेनमा पनि रकम संकलन सुरु


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले बाढी पहिरो पिडितहरुको सहयोगार्थ रकम संकलन अभियान सुरु गरेको छ। स्पेन स्थित नेपाली संघ संस्थाहरुको समन्वयमा संघले रकम संकलन अभियान सोमबार देखि सुरु गरेको हो। संघले पहिलो दिनमा नै झन्डै १ हजार ५ सय युरो रकम संकलन गर्न सफल भएको छ।

एनआरएन स्पेनको कार्यलयमा बसेको आकस्मिक बैठकले संघका अध्यक्ष चिन्तामणी सापकोटाको अध्यक्षतामा राहत संकलन समिति गठन गरेको छ। समितिमा स्पेन स्थित राजनीतिक,जातीय,क्षेत्रीय लगायतका संघ संस्थाहरुलाई समेटिएको छ।

अविरल वर्षासँगै पुर्बी तराईमा बाढी र पहाडमा पहिरो जाँदा ठुलो जनधनको क्षति पुगेको बेला स्पेनको नेपाली समुदाय एकजुट बनेको छ। झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दियासहितका जिल्ला बाढीले प्रभावित पारेको छ।

ला-काईसा बैंकको खाता नम्बर ES36-2100-0920-3601-0064-6604 मा सिधै रकम जम्मा गर्न सकिने संघले जनाएको छ।

हालसम्मका सहयोगीहरुको नामावली:-

  • रमेश प्रसाद निरौला – २५१ युरो  
  • गान्धी रेष्टुरेन्ट (दिनेश गिरी / ईश्वर गिरी) -२५१ युरो
  • चिन्तामणि सापकोटा-१५१ युरो
  • जीवन भुसाल- १२६ युरो
  • सरोज कडेल-५५ युरो
  • एकराज गिरी -५१ युरो  
  • कृष्ण प्रसाद भूसाल- ५१ युरो
  • प्रकाश चालीसे- ५१ युरो
  • सीता सिंह-५१ युरो
  • दिनेश कुमार गिरी -५१ युरो
  • कमला रेग्मी – ५१ युरो
  • मुक्त बहादुर  गुरुङ – ५१ युरो
  • ज्ञान बहादुर बस्नेत -५१ युरो
  • सोनु राउत-५१ युरो
  • टिकाराम कडेल -२५ युरो
  • विशाल ढुंगाना-३१ युरो
  • हिरालाल सापकोटा-२१ युरो
  • पशुपति कडेल -२१ युरो
  • ऋतु ढुंगाना रेग्मी-२१ युरो  
  • सन्तोष पौडेल-२० युरो