प्रधानमन्त्री देउवा विमानस्थलबाटै फर्कीए, पिडित निराश


काठमाण्डौ – बाढीपीडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रगढी विमानस्थलबाटै फर्केका छन् ।

गृहमन्त्री जनार्दन शर्मासहित आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरहकारी अधिकारीको ब्रिफ्रिङ सुनेर फर्केका हुन् ।

गएको शुक्रबारयता पाँच दिनसम्म लगातार झरी परेर झापामा बाढीले बबन्डर मच्चचाएको थियो ।

सोमबारसम्ममा सात जनाको मृत्यु भईसकेको जिल्लामा पाँचजना अझै बेपत्ता छन् ।,  आजको नागरिक दैनिकमा खबर छ ।