ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – बाढी र पहिरोपछि उत्पन्न मानवीय संकटको विषयलाई आज सबैजसो दैनिक पत्रिकाहरुले उठाएका छन् । पत्रपत्रिकाहरुले सरकारी राहत कोषमा अर्बौं रुपैयाँ जम्मा भए पनि बाढीपहिरो पीडित जनता भोकभोकै परेको लेखेका छन् । पत्रपत्रिकाका अनुसार सरकारी राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ थन्किएर बसेको छ ।तर, त्यसको उपयोग गरेर पीडितलाई राहत दिने सरकारको शैली निकै सुस्त देखिएको छ ।

गोविन्द केसीको अनसन २२ औं दिनमा प्रवेश गरे पनि उनको माग पूरा गर्न सरकारले आलटाल गरेको आज प्रकाशित पत्रिकाहरुको ठम्याई छ ।