राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा इन्द्र चयन


????????????????????????????????????

पोखरा – राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको छैठौं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनवाट ईन्द्र प्रसाद पौडेलको अध्यक्षतामा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।उक्त समितिमा उपाध्यक्ष नारायण प्रसाद आचार्य, सचिवमा दुर्गा प्रसाद पौडेल , सह–सचिव संजय शाक्य, कोषाध्यक्ष सुरज श्रेष्ठ र सदस्यहरुमा भुपाल गुरुङ्ग र उमेश पुन रहेका छन् ।

सल्लाहकार समिति संयोजक राम गुरुङ्ग, सदस्यहरुमा ओम लामा, कृष्णमणी बराल, सुर्दशन रञ्जित, प्रदिप पौडेल रहेका छन । कायक्रमको प्रमुख अतिथि राष्टिय फोटो पत्रकार समूहका केन्द्रिय अध्यक्ष ध्रुव आलेले उद्घाटन गरेका थिए ।उनले संस्थालाइ अगाडी बढाउनका लागी सबै सदस्यहरुको मर्म बुझि नया प्रविधि लाई अंगाल्दै फोटो पत्रकारीता अगाडी बढाउनु पर्ने कुरामा जोड दिए ।

त्यसै गरि राष्टिय फोटो पत्रकार समूह का केन्द्रिय सचिव प्रदिपराज वन्तले फोटो पत्रकारको हकहितका लागी राज्य वाट ५० लाखको अक्षयकोष र वार्षिक रुपमा १५ लाखकोबजेट राज्यले छुट्याएको जानकारी गराए ।कपिलवस्तु शाखाका अध्यक्ष मनोज पौडेल ,पूर्व अध्यक्ष एबं सल्लाहकार कृष्णमणी बराल , सल्लाहकार राम गुरुङ्ग र प्रदिप पौडेलले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष इन्द प्रसाद्रपौडेलले गरेका थिए भने कार्यक्रम संचालन दुर्गाप्रसाद पौडेलले गरेका थिए ।