काँग्रेसका सांसदले एक महिनाको तलब बाढि, पहिरो पीडितलाई दिने


काठमाडौँ – नेपाली काँग्रेसका सांसदहरुले एक महिनाको तलब बाढि, पहिरो पीडितलाई दिने भएका छन् । आईतबार बसेको काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको आकस्मिक बैठकले बाढी, पहिरो र डुबान पीडितको तत्काल राहत र उद्धार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आफ्ना पार्टीका सांसदहरुको एक महिनाको तलव उपलब्ध गराउने निर्णय गरेको हो । नेपाली काँग्रेसका २ सय ७ जना सांसद छन । त्यसैगरी नेपाली काँग्रेसले विदेशमा रहेका पार्टी संगठन र अन्य संघ संस्थाहरुसँग राहत संकलन गर्न पार्टीले छुट्टै राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।

पार्टीका सबै सांसदहरुको एक महिनाको तलव तत्काल बाढी र पहिरो पीडितलाई उपलब्ध गराउने निर्णय गरिएको पार्टीका नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

नेपाली काँग्रेसले बाढि पीडितको राहत तथा उद्धारको कामका तीव्रता दिन सरकारसँग पनि आग्रह गरेको छ । छिटो र छरितो रुपमा राहत तथा उद्धार कार्यलाई अघि बढाउन सरकारसँग आग्रह पनि गरिएको पार्टीका महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।

देशका विभिन्न भागमा आएको बाढि, पहिरोमा परी हालसम्म ४९ जनाको ज्यान गएको सरकारले जनाएको छ । नेपाली काँग्ेसले बाढि, पहिरोमा परी ठूलो धनजनको क्षति भएकोमा गहिरो शोक पनि व्यक्त गरेको छ ।