कास्कीको माछापुच्छ्रे ५ रिभान पाथे गाँउमा भिषण पहिरो, १३ घर पुरिए, पाँच घर जोखिममा


पोखरा – कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ५ रिभान पाथे गाँउमा मंगलबार राती गएको भिषण पहिरोले १३ घर पुरिएका छन भने पाँच घर जोखिममा परेका छन् । राती साँढे नौ बजेतिर खहरे खोलामा आएको बाढिसंगै आउको पहिरोले घर पुरिएको प्रत्यक्षदर्शी स्थानिय बलराम गिरीले जानकारी दिनुभयो ।

केही दिन पहिला पहिरोले खहरेखोला थुनिएर ताल बनेको थियो, बस्तीभन्दा माथिल्लो भागमा थुनिएको खहरेको पानीले पहिलो आयो उहाँले भन्नुभयो‘मंगलबार परेको पानीसंगै पानीले बस्तीमाथिको ढिस्को सहित बगायो ।’ बाढिले घर बगाएपनि पूर्व जानकारी हुदाँ मानवीय क्षती नभएको बताइएको छ । पहिल्यै जानकारी पाएका कारण बाढिले मानवीय क्षती हुन पाएन गिरीले भन्नुभयो‘बस्ती भन्दा माथि रहेको जंगलमा गोठालाहरु रहेको र उनीहरुले ठूलो आवाज सुनेपछि खतरा रहेकाले सुरक्षित स्थानमा जान आग्रह गदै सुचना दिए, त्यसले गर्दा मानवयि क्षती हुन पाएन् ।’ सुतेको अवस्थामा भएको भए ठूलो मानविय क्षती हुने थियो ।

पहिरोले घर पुरिएर बिस्थापित हुनेमा देवीलाल लामिछाने, दिननाथ पौडेल, नरबहादुर विश्वकर्मा, काजी विश्वकर्मा, जंगबहादुर विश्वकर्मा, गंगाबहादुर विश्वकर्मा, धनकाजी विश्वकर्मा, हिमलाल भुषाल, गंगा आचार्य, चन्द्रबहादुर परियार, प्रविण लामिछाने र प्रेमबहादुर विश्वकर्मा रहनु भएको छ । बाढिका कारण पाँच घर जोखिममा परेका छन् । जोखिममा रहेकाहरुमा सन्तु लामिछाने, भक्तबहादुर लामिछाने, खिमकुमारी वि.क रहनु भएको छ । बाढिले घर बगाएपछि १३ घरका ६५ जना विस्थापित भएका छन् ।

बाढि आएको जानकारी पाएपछि भागेर ज्यान जोगाएर छिमेकीको घरमा बसेको सन्तु लामिछानेले बताउनुभयो । ठूलो आवाज सहित बाढि आयो, भागेर बाच्यौ तर मरिने उहाँले भन्नुभयो । पहिरोले घर बस्न नहुनेगरी भत्काएको छ । घरको छाना, गाह्रो केही पनि बाँकी नरहेको प्रत्यक्षर्दशी गिरीले जानकारी दिनुभयो । पहिरोले मानवीय क्षति नभए पनि पशुचौपाया पुरेको छ भने उक्त ठाँउमा पुग्ने दुई मोटरेवल पुल समेत बाढिले बगाएको छ ।