आफनो पार्टी प्रत्यक्ष निवाचित कार्यकारीको पक्षमा रहेको प्रचण्डको भनाइ


पोखरा – पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मंसिर पहिलो हप्ता सवै तहका निवाचन सम्पन्न भएपछि संविधान कार्यान्वयनको चरण पुरा हुने र त्यसपछि देश आर्थिक समृद्धिको बाटोमा अगाडी बढन सहज हुने बताए । उनले आफु सरकारमा हुदाँ पनि संविधान कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर अगाडी बढेकै कारण स्थानियत तहको निवाचन गराएको बताए । ‘निवाचनमा हार र जित हुन्छ, त्यो स्वभाविक हो । तर त्यसलाई महत्व दिएनौ र संविधान कार्यान्वयनका लागी प्रतिबद्ध भयोै ।’ उनले जितहार जे भएपनि देश र जनताले जिन्नुपर्छ मंसिरमै केन्दीय संसद र प्रदेशको निवाचन गराई छाडछौ भने ।‘ निवाचनपछि नेपाली जनताको विकास र आर्थिक समृद्धिको चाहना पुरा हुन्छ ।’

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आफनो पार्टी प्रत्यक्ष निवाचित कार्यकारीको पक्षमा रहेको बताए । प्रत्यक्ष निवाचित कार्यकारी प्रमुख नहुदाँ शान्ति र राजनीतिक स्थिरता कायम हुन नसकेको उनको भनाई थियो । संविधान सभाबाट संविधान बनाउदा सवै एजेण्डा लागु हुने अवस्था नहुदाँ विमतिका वीच सस्म्झौता गरेर जारी गरियो भन्दै उनले भने प्रत्यक्ष निवाचित कार्यकारी भएमात्रै देशले शान्ति, विकास र समृद्धिमा गति लिन्छ । ‘प्रत्येक वर्षमा सरकार परिर्वतन भैरहने अवस्था विगतमा पनि थियो र यो तिन वर्षमा तिन सरकार बने फेरी चौथो सरकार बन्नपनि बेर छैन्, त्यसैले जनताबाट निवाचित कार्यकारी प्रमुख हुनुपर्छ, त्यो नेपालको आवश्यकत हो ’ । अध्यक्ष प्रचण्डले निवाचन खर्चिलो बन्दै गएको बताउदै समानुपातिक निवाचनको मोडल बारे छलफल गर्ने बताए ।

चुनावी मोडलपनि अव परिर्वतन गर्नुपर्छ भन्ने पक्षमा आफुहरु रहेको दाहालले बताए । प्रेश सेन्टर प्रदेश नम्वर चारका संयोजक त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सचिव अर्जुन काफलेले संचालन गरेका थिए भने प्रदेश सदस्य विभु भुषालले स्वागत गरेका थिए । प्रदेश नम्वर चारको बैठकमा अध्यक्ष प्रचण्डसंगै नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ,दिननाथ शर्मा सहितका नेता पोखरा आएका थिए ।