ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता साथ छापेका छन् । भरतपुर महानगरपालिकाले अढाई महिनापछि मेयर पाएको खबर आजका अधिकांश पत्रपत्रिकामा पढ्न पाइन्छ ।

रौतहटको गरुडा नगरपालिका–४ मा नयाँ सडक निर्माणका क्रममा खनेर छाडिएको पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका ४ सहित पाँच जनाको मृत्यु भएको खबरलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।

 

शैक्षिक सुधारको एउटै एजेन्डामा ११ औं पटक अनसन बसेका डा. गोविन्द केसीका माग नसुनेको सरकारले आयल निगमले किनेको जग्गाजस्तै भ्रष्टाचारमा चुर्लुम्म डुबेका गोपाल खड्काबारे मौनता साँधेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उठाएका छन् ।