पोखरा सफाई अन्तर्गतको ६२ औ श्रृखला बेगनास तालमा


पोखरा – पोखरा सफाई अन्तर्गत ६२ औ श्रृखला बेगनास तालको सफाई गर्दै सकिएको छ । सफाई अभियानमा जन सहभागिता बढ्दै गएको छ । यसको प्रत्यक्ष उदाहरण भने बेगनास सफाईले देखाएको छ ।

अभियानको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी देवेन्द्रबहादुर मेघासीले राष्ट्रिय गान बजाएर सुभारम्भ गरेका थिए भने लायन्स क्लब अफ लेखनाथ सीमसारका अध्यक्ष बसुधा पराजुली भट्टराईले सरसफाई र राष्ट्रिय भावनाको सपथ गराएका थिए । यस पटकको सफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, हाम्रो क्रिउ स्काउट, घारीपाटन आमा समूह, नमुना आमा समूह तल्लो हेमजा, महिला क्लब पोखरा, अभियान युवा क्लब, लायन्स क्लब अफ लेखनाथ सीमसार, लियो क्लब अफ लेखनाथ, लायन्स क्लब अफ बेगनासताल नगरी, ड्यामसाइड टोल विकास संस्था, महेन्द्रपुल महिला जागरण समूह, अभियान क्लब महिला उपसमिति जिरो किमी, लायन्स क्लब अफ लेखनाथ, सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ, डायमण्ड मोडेल स्कूल, जुनियर सिटीजन एकेडेमी, अमरसिद्ध मावि, स्थानीय आमा समूह, सामाजिक, व्यापारिक संघ संस्था, जनप्रतिनिधि लगायत वडाबासीहरुको सहभागिता रहेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

अभियान कै क्रममा समाजसेवी टेकबहादुर र नन्दकुमारी गुरुङ दम्पत्तीका तर्फबाट अभियानका अगुवा लोकदर्शन कोइरालार्ला हाते माइक हस्तान्तरण गरेका थिए ।  हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयसेवा भन्ने नाराका साथ सञ्चालित अभियानमा झण्डै १० टन प्लाष्टिकजन्य फोहर संकलन भएको महिला क्लब पोखराकी अध्यक्ष मिना आचार्यले बताइन्  ।सरफाई कार्यक्रममा सहभागीहरुलाई वडा नं. ३१ का वडाध्यक्ष कमलबहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए भने आगामी ६३ औं हप्ताको सफाई अभियान वडा नं. ३२ राजाको चौतारामा हुनेछ ।