पोखराको नारायणथानमा पक्की मोटरेवल पुल निमार्णको काम सुरु


पोखरा – पोखरा लेखनाथ महानगरपालिका ३ र ११ जोड्ने गरि सेती नदीमा पुल निमार्ण सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरि नारायणथानमा पक्की मोटरेवल पुल निमार्णको काम सुरु भएको हो ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाले निर्माण गर्न लागेको उक्त पुल ८० मिटर लम्वाई र ११ मिटर चौडाईको डवल लेनको हुने छ । जसमा ७.५ मिटर गाडी गुड्ने र वाँकी दुवै तर्फ फुटपाथ रहने छ । निर्माणको लागि डिजाईन फाइनल भएर काम समेत सुरु भएको छ । ११ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने पुल १८ महिना भित्रमा तयार पार्नु पर्ने हुन्छ ।

हिराचन मुक्तिनाथ जोईन्ट भेन्चरले निर्माणको ठेक्का लिएको पुल गत वर्ष असोजमै ठेक्का सम्झौता भएपनि डिजाईन फाईनल नहुँदा काम अघि वढ्न सकेको थिएन । महाशाखाले डिजाईन फाईनल गरेसँगै निर्माणको काम सुरु भएको छ ।

पुलमा आवागमन बन्द

निर्माण कम्पनीले काम सुरु गरेसँगै आईतवारवाट उक्त स्थानमा सवारी आवागमनमा रोक लगाईको छ । पुलको आधारको काम सुरु भएको र सवारी आवागमन बन्द नगर्दा काममा अप्ठ्यारो हुने भएकोले बाटो रोकिएको निर्माण सरोकार समितिका सचिव टुवराज वास्तोलाले जानकारी दिए ।

नदीपुर हुँदै मणिपाल जाने उक्तवाटोमा सवारी रोकिएसँगै वैकल्पिक बाटो प्रयोग गर्न समितिले आग्रह गरेको छ । तर स्थानीयले भने विरोध गरेका छन् । ठेकेदार पक्षलाई सहयोग पुग्ने गरी बाटो नै बन्द गर्दा अस्पताल जान लागेका विरामीलाई समेत अप्ठेरो परेको बताए ।

नदीपुर र फुलवारी जोड्न नारायणधानमा पुल नबन्दा ठुला सवारी संचालन हुन सकेका थिएनन् । सिँचाईको नहरको प्रयोजनको लागि बनेको पुलबाटै साना सवारी संचालन हुँदै आएको थियो ।