कांग्रेसकै कमजोरीका कारण पार्टी कमजोर भयो : रामचन्द्र पौडेल


पोखरा – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मंसीर दोश्रो हप्तासम्म प्रतिनिध सभा र प्रदेश सभाको निवाचन सक्नुपर्ने बताएका छन् । मंसिर १५ गतेसम्ममा प्रतिनीधि सभा तथा प्रदेश सभाको निर्वाचन सक्नुपर्छ उनले भने । उनले वीपीले देखाएको बाटोमा नहिंड्दा जनताले स्थानीय चुनावमा एमालेलाई भोट हालेको बताए ।

पोखरा लेखनाथ महानगरपालिका १६ लामाचौरमा रहेको ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस हाताभित्र निर्मित वीपी स्मृति पार्कको उद्घाटन गदै नेता पौडेलले कांग्रेसकै कमजोरीका कारण पार्टी कमजोर भएको बताए । उनले भने ‘कांग्रेसजस्तो सिद्धान्त भएको पार्टी छाडेर जनताले किन एमाले रोजे, यसको बारेमा सोच्नुपर्छ र काँग्रेस सच्चिनुपर्छ ।’

संविधान कार्यान्वयनमा गएपनि पार्टी सिस्टममा नचलेको टिप्पणी गर्दै उनले कांग्रेसपनि यसबाट अछुतो नरहेको बताए । कांग्रेसले आफूलाई संस्थागत र ब्यवस्थित गरेर अन्य पार्टीले पछ्याउने किसिमको उदाहरणीय पार्टी बनाउनुपर्ने र त्यसका लागि सभापतिले भूमिका खेल्नुपर्ने पनि उनको भनाई थियो ।

नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि राजाको हुकुमी शासनमा जस्तो मनोमानी तरिकाले पार्टी र सरकार चलाएको आरोप लगाए । सरकारमा जाने मन्त्री चयनका लागि छुट्टै विधि र विधान भएपनि पार्टी सभापति देउवाले त्यसलाई लत्याएर आफ्नो मान्छेमात्र छानेको पौडेलको आरोप थियो ।बरिष्ठ नेता पौडेलले पार्टीमा योगदान दिने नेता र कार्यकर्ताको मुल््यांकन हुन छाडेको भन्दै यसले पार्टीलाई कमजोर बनाउने बताए ।