नेपालीनेपालीको बार्षिकोत्सव सम्पन्न,महतो घले र लामिछानेद्वारा सम्बोधन


फ्रयाङ्कफर्ट/ युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमले तेस्रो बार्षिकोत्सव समारोह भब्य रुपमा सम्पन्न गरेको छ। जर्मनीको फ्रयाङ्कफर्टमा शुक्रबार एक बिशेष समारोह बीच कार्यक्रम सम्पन्न भएको हो। समारोहलाई जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले उद्घघाटन गरे। समूदघाटन मन्तब्य राख्दै राजदूत खनालले बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन प्रेरित गर्दै मिडियाले गरेको प्रयासको प्रशंसा गरे। मिडियाले हाम्रो भाषा र संस्कृति, पहिचानको आधार स्तम्भ’ भन्दै युरोपभर नेपाली भाषा सिकाउन भएका प्रयासबारे विशेष भिडियो रिपोर्ट प्रस्तुत गरेको थियो।

एनआरएनका तीन खम्बा महतो,घले र लामिछानेले गरे प्रंशसा

गैर आबासीय नेपाली संघका अभियन्ताहरुले नेपालीनेपाली डटकमले युरोपको नेपाली समुदायमा योगदान पुर्याएको भन्दै प्रंशसा गरेका छन्। संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो,बर्तमान अध्यक्ष शेष घले तथा पुर्ब अध्यक्ष जीवा लामिछानेले कार्यक्रममा सम्बोधन गर्दै अनलाईन मिडिया बारे चर्चा गरेका हुन्।UNADJUSTEDNONRAW_thumb_d9a5

एनआरएनको नेतृत्व लिई सकेका तीन अभियन्ताहरु डायस्पोराबाट संचालित मिडियाको कार्यक्रम सहभागी बनेको सम्भवत यो पहिलो पटक हो। कार्यक्रममा संघका संस्थापक अभियन्ता तथा अवैतानिक बाणिज्य दूत रामप्रताप थापा,केन्द्रिय उपाध्यक्ष कुमार पन्त,महासचिव डा.बद्री केसी,संघका सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपीला राजभण्डारी,उप संयोजक रजनी प्रधान,युवा उप संयोजक लोकराज शर्मा,संघका प्रबक्ता रन्जु थापा वाग्ले,युरोप संयोजक कुल आचार्य लगायतका अभियन्ताहरु कार्यक्रममा सहभागि थिए।

पत्रकार खड्का र राजभण्डारी सम्मानित

बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खडका बिशेष समारोह बीच सम्मानित भएका छन्। दुई दशक देखि वातावरण र जलवायु परिवर्तनबाट हिमाली क्षेत्रको जनजीविकामा परिरहेको प्रभावका सम्बन्धमा पत्रकारिताको माध्यमबाट विश्वब्यापी जागरुकता सृजना गर्न पुर्याएको योगदानको कदर गर्दै मिडियाले खडकालाई सम्मान गरेको हो।

बीबीसी विश्वसेवामा उनका रिपोर्टहरु बीबीसी टेलिभिजन, अनलाइन र रेडियो प्रकाशित/प्रसारित हुने गरेका छन्। खड्काले यसअघि काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रड्युसरको रुपमा काम गरेका थिए।

 पत्रकार नवीन सिं खडका
पत्रकार नवीन सिं खडका

गत बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर उनले रिपोर्ट गरिसकेका छन्।

नेपालीनेपाली डटकमले हरेक बर्ष प्रदान गर्दै आएको युरोप बर्ष व्यक्तित्व सम्मानबाट सपीला राज भण्डारी सम्मानित भएकी छन्। एकदशकभन्दालामोसमयदेखिगैरआबासीयनेपालीसंघ (एनआरएनए) कोअभियानमासक्रिय रहीमहिलासशक्तिकरणको क्षेत्रमा पुर्याएको योगदानकोकदरगर्दै  मिडियाले राजभण्डारीलाई सम्मानित गरेको हो।

युरोप बर्ष व्यक्तित्व सपीला राजभण्डारी
युरोप बर्ष व्यक्तित्व सपीला राजभण्डारी

नेपालीनेपालीडटकमले युरोपको नेपाली समुदायमा रही सामाजिक रुपमा काम गर्दै आएका एक जनालाई हरेक बर्ष “युरोप बर्ष व्यक्तित्व” को नाममा सम्मान गर्दै आएको छ।

गत बर्ष  बेलायत निबासी कुल आचार्यले युरोप बर्ष व्यक्तित्वको सम्मान पाएका थिए भने पहिलो बर्षको कार्यक्रममा स्पेनका एकराज गिरी सम्मानित भएका थिए।

युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती

दोस्रो चरणमा युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती विषयमा मिडियाले प्यानल छलफल सम्पन्न गर्यो। छलफल कार्यक्रममा प्यानालिष्टको रुपमा गैर आबासीय नेपालीसंघका प्रमुख संरक्षक जीवा लामिछाने,बीबीसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपाली,बीबीसी नेपाली सेवाका भगीरथ योगी,अनलाईनखबर डटकमका सम्पादक अरुण बराल र युरोपबाट कलम चलाउने पत्रकार चिरन शर्मा सहभागी थिए।

राजदूत रमेश प्रसाद खनाल
राजदूत रमेश प्रसाद खनाल

युरोपमा नेपाली मिडियाको एनआरएनसंगको सहकार्य, सूचना प्रविधिको विकासले मिडियासामु ल्याएको चुनौती र अवसरहरु,काठमाडौंबाट हेर्दा प्रवासी पत्रकारहरुले ध्यान दिनुपर्ने बिषयहरु,युरोपमा नेपाली मिडियाको अवस्था आदि बिषयमा छलफल तथा टिप्पणी भएको थियो।

नेपाल तथा युरोपबाट सहभागी पत्रकारहरुको प्यानालिष्टसँग प्रश्न तथा जिज्ञासा राखेका थिए। प्रधानसम्पादक बसन्त रानाभाटको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

UNADJUSTEDNONRAW_thumb_d9ce UNADJUSTEDNONRAW_thumb_d9d9 UNADJUSTEDNONRAW_thumb_d9da UNADJUSTEDNONRAW_thumb_d9dc UNADJUSTEDNONRAW_thumb_d9c5 UNADJUSTEDNONRAW_thumb_d9c2 UNADJUSTEDNONRAW_thumb_d9c0 UNADJUSTEDNONRAW_thumb_d9e3 UNADJUSTEDNONRAW_thumb_d93d UNADJUSTEDNONRAW_thumb_d94c UNADJUSTEDNONRAW_thumb_d94d UNADJUSTEDNONRAW_thumb_d96c UNADJUSTEDNONRAW_thumb_d97d UNADJUSTEDNONRAW_thumb_d99c UNADJUSTEDNONRAW_thumb_d99e UNADJUSTEDNONRAW_thumb_d975 UNADJUSTEDNONRAW_thumb_da0a