लाइफ टाइम एचिभ्मेन्ट अवार्ड रानाभाटलाई


पोखरा । नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा हुने दोश्रो पोखरा स्पोर्टस अर्वाडमा पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुने भएका छन ।

अर्वाडका लागि गठित छनौट समितीले रानाभाटलाई सम्मानित गर्ने भएको मंचले जनाएको छ । वैठकले विभिन्न विद्यामा मनोनयनमा पर्ने खेलाडीहरुको नाम समेत सार्वजनिक गरेको छ । वर्ष उत्कृष्ट महिला खेलाडीमा सुस्मी श्रेष्ठ (फुल कन्ट्याक्ट कराते), टीका माया गुरुङ्ग (भारोत्तोलन) र अरुणा शाही (भलिवल) मनोनयनमा परेका छन ।

यसै गरि वर्ष उत्कृष्ट पुरुष खेलाडीमा करण केसी (क्रिकेट), कुमार अधिकारी (लन टेनिस) र विशाल वस्नेत (ह्याण्डवल) रहेका छन । छनौट समितीले उदियमान खेलाडीमा ममता डगौरा (भलिवल), दर्शना वुढा मगर र सागर नेपाली (एथलेटिक्स) लाई मनोनयन गरेको छ भने प्रशिक्षकमा सुन वहादुर लामा (तेक्वान्दो), वखतमान श्रेष्ठ (भारोत्तोलन) र इन्द्रा मल्ल (एथलेटिक्स) लाई मनोनयन गरेको छ । मनोनयनमा परेका तिन जना मध्ये प्रत्येक विद्या वाट एक÷एक जनाले अर्वाड प्राप्त गर्ने छन । उनीहरुलाई अर्वाड सहित नगद पुरुस्कार बाट सम्मानित गरिने छ ।

यसै गरि मंचले यस वर्ष वाट एउटा अर्वाड थप गरेको छ । यस वर्ष वाट उत्कृष्ट संघलाई समेत सम्मान गरिने भएको छ । जस अन्र्तगत कास्की जिल्ला लन टेनिस संघलाई उत्कृष्ट संघको रुपमा सम्मानित गरिने छ । उत्कृष्ट संघलाई नगद १० हजार सहित सम्मान गरिने मंचले जनाएको छ ।

लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुन लागेका ६९ वर्षिय रानाभाटले १४ वर्षको उमेर २०२० साल वाट आफ्नो खेल जिवन सुरु गरेका थिए । एथलेटिक्स, भलिवल र फुटवलका राष्ट्रिय खेलाडी समेत रहि सकेका उनी सन १९७० मा थाइलैण्डको वैंककमा सम्पन्न छैटौं एशियाली खेलमा नेपालको तर्फ वाट सहभागी हुँदै ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान हासिल गरेका थिए ।

२०४१ सालमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक रहेका रानाभाट २०६८ मा परिषदको सदस्य समेत रहेका थिए । भुतपूर्व खेलाडी मंच नेपालको संस्थापक तथा निवर्तमान अध्यक्ष र हाल नौलो घुम्ती नेपालको अध्यक्ष समेत रहेका रानाभाट विभिन्न खेलकुद लगाएत सामाजिक संघ संस्थामा समेत क्रियाशिल छन ।

छनौट समितीको वैठक मंचका सल्लाहाकार एवम प्रतिभा छनौट समितीका संयोजक दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो । छनौट समितीमा ८ जना सदस्य रहेका थिए । पोखरा स्र्पोट्स अर्वाड साउन २१ गते २ वजे पोखरा सभागृहमा हुने भएको छ ।

उक्त कार्यक्रमलाई गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नुका साथै अन्य स्थानिय र राष्ट्रिय संचार माध्यमले समेत उत्तिकै प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने भएका छन । गत वर्ष सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई अर्पण गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।