ला ग्राण्डीका विद्यार्थीहरु दरबारथोक एड्भरटाईजिङमा


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको दरबारथोक एड्भरटाईजिङ एजेन्सीमा ला ग्राण्डीका विद्यार्थीहरुले अध्ययन भ्रमण गरेका छन् ।

बुधबार एजेन्सीको कार्यालयमा ला ग्राण्डी ईन्टरनेशनल कलेजको सेल्स एण्ड एड्भरटाईजिङ विषय विविए छैंटौं सेमेष्टरकी छात्रा मन्जिता खनालको नेतृत्वमा पाँच जनाको समुहमा आएका विद्यार्थीहरुले पोखरामा विज्ञापन एजेन्सीको अवस्था, सहजता र चुनौतीहरुको बारेमा जानकारी लिएका थिए ।

एजेन्सीका प्रबन्ध निर्देशक कृष्णबहादुर रानाभाटले पोखरा भएका उद्योग तथा कार्यालयको कर्पोरेट कार्यालय काठमाण्डौमा हुने र काठमाण्डौबाट देश भरका मिडियामा विज्ञापन गर्न सजिलो भएकाले मोफसलमा विज्ञापन एजेन्सी चलाउनु निकै चुनौती रहेको वताए।

उनले दैनिक १४ घण्टासम्म ग्राहकलाई सेवा दिएको वताउँदै पोखराका विज्ञापनदाताहरुलाई एजेन्सीबाट विज्ञापन गर्दा महंगो पर्ने वताउने गरेको तर विज्ञापन गर्दा सहि मिडिया छनौट गर्न एजेन्सी भरपर्दो हुने भन्ने चेतनाको कमि रहेको वताए ।

उनले टोलीमा आएका खनाल सहित कोपिला थापाक्षेत्री, महेश ओस्टा, नविन कुमार श्रेष्ठ, क्रितन गुरुङले विज्ञापन एजेन्सीको विभिन्न सवल तथा दुर्वल पक्षको वारेमा जिज्ञांसा राखेका थिए ।