स्पेनमा कोइरालाको ९१ औ जन्म जयन्ती


वसन्त रानाभाट

वार्सीलोना स्पेन
नेपाली जनसम्पर्क समिति स्पेनले पुर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पुर्वसभापति गिरिजा प्रसाद कोइरालाको ९१ औ जन्म जयन्ती मनाएको छ।

अहिले पनि देशमा अभाब खड्केको र कुनै पार्टी बिशेषको नेता मात्र नभएर देशकै अबिभाबक भूमिका निर्बाह गरेको चर्चा गर्दै सहभागिहरुले कोइरालाको तस्बिरमा माल्यर्पण गरेका थिए ।
स्पेनको बार्सिलोना बुधबार सम्पन्न कार्यक्रममा बक्ताहरुले स्व.कोइरालाले देशलाई शान्ती प्र्कृयामा ल्याउन खेलेको भूमिकाको चर्चा गर्दै उनको सपना साकार पार्न दलहरुले मिलेर संबिधान बनाउनु पर्नेमा जोड दिए ।
जीवनपर्यन्त लोकतन्त्रका लागि संघर्ष गरेका पूर्व प्रधानमन्त्री कोइरालालाई नेपालमा आर्थिक उदारीकरणको शुरुवात गर्ने नायकको रुपमा पनि चिनिन्छ । २०४८ सालपछि निर्वाचित प्रधानमन्त्री बनेका कोइरालाको कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्रिनुका साथै सरकारी संस्थानहरुको निजीकरणको शुरुवात भएको थियो ।
नेपालको पहिलो उद्योग बिराटनगर जुट मिलको मजदुर आन्दोलनको नेतृत्व गरेर राजनीतिमा प्रवेश गरेका कोइराला निजी क्षेत्रका समस्या प्रति सजक थिए । सन् १९४० को दशक तिर उनले बिराटनगर जुट मिलमा मजदुर आन्दोलन शुरु गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी युरो काँग्रेस उपाध्यक्ष पुष्पराज भण्डारी,नेपाली जनसम्पर्क समिति स्पेनका बरिष्ठ उपाध्यक्ष शालिकराम डुम्रे,उपाध्यक्ष उमेश अधिकारी ,बिनोद ढकाल ,बिष्णु रिजाल सन्दीप मोहोन भट्ट्राई लगायतले कोइरालाको ब्यक्तित्व र कामको स्मरण गरेका थिए ।
नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन महामन्त्री बेदराम कडेंलले गरेका थिए ।