बालनृत्य प्रतियोगिताको उपाधी भण्डारीलाई


वसन्त रानाभाट
वार्सीलोना स्पेन

अन्तरास्ट्रिय कलाकार मंच स्पेन शाखाको आयोजनामा सम्पन्न एकल बालनृत्य प्रतियोगिताको उपाधी दिब्या भण्डारीले जितेकी छन ।

“नेपाली कला र सस्कृति हाम्रो देशको गहना ,संरक्षण प्रवदॄन र बिकासका निम्ती नेपालीको चाहना ”भन्ने मुल उद्घोषका साथ वार्सीलोनमा सोमबार प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सुस्मिता गिरीले दोस्रो र सोनिया खत्रीले तेस्रो स्थान हासिल गरे ।

भारतीय टेलिभिजन जिटिभीबाट प्रसारणमा आएको डान्स इन्डिया डान्स (डीआइडी) लिटिल मास्टर-३’ को उपाधि नेपाली चेली तेरिया मगरले जितेको उत्साह छाउँदै गर्दाले पनि बालबालिकाहरुले उत्त्साहजनक सहभागिता जनाएका थिए । उत्कृस्ट तीन जनालाई पुरस्कार एवं सहभािगता जनाउने सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
निणार्यक मण्डलका तीन सदस्यहरु तमु समाज स्पेनकी अध्यक्ष ज्योती गुरुङ,अशोक बाराईली ,भुबन अछामीका साथै स्पेन खबर डटकमका प्रधान सम्पादक दिपक क्षेत्री ,आमिक्स नेपालका रामोन भिलादोमात लगायतलाई बिभिन्न क्षेत्रबाट योगदान दिएकोमा सम्मान गरिएको थियो ।

स्पेनमा रहेका संघसस्थाहरु बाट योगदानको कदर भन्दै,औपचारिक रुपमा मिडीयालाई सम्मान गरेको यो पहिलो पटक हो ।

गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद स्पेनका सदस्य दिपक खरेल ले उद्घाटन गरेको उक्त्त कार्यक्रममा बिभिन्न संघ,संस्था,संगठनका प्रतीनिधि लगायत नेपाली समुदायको उपस्थिती रहेको थियो।
प्राय स्पेनमा हुने कार्यक्रममा धेरै भाषण अनि बक्त्ता बढी बोलीदिने हुँदा झिझो मान्दै गरेको देखिएको परिपेक्षमा स्थानीय कलाकर्मीहरुले गीतसंगीत र नृत्य मात्र प्रस्तुत गरी दिदा दर्शकहरु रौसाएका थिए ।

मंचका सस्थापक अध्यक्ष राजेन्द्र लम्साल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव डीक कार्कीले स्वागत मन्तब्य र सचिव प्रेम सापकोटाले कार्यक्रम सन्चालन गरेका थिए