नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गदै प्रेस चौतारीको तयारी सुरु


पोखरा – आसन्न नेपाल पत्रकार महासंघको निवाचनलाई मध्यनजर गदै प्रेस चौतारी नेपालले प्रदेशस्तरीयमा बैठक र छलफलहरु सुरु गरेको छ । पत्रकार महासंघको निवाचनमा प्रेस चौतारीको अवस्था बारे जानकारी लिने उद्धेश्यले प्रदेश नम्वर चार बाट बैठकको सुरुवात गरेको छ । मंगलबार प्रदेश संगठन कमिटिको विस्तारीत बैठक पोखरामा सम्पन्न गरेको हो ।

चौतारीले सातै प्रदेशमा प्रदेशस्तरीय बैठक गर्ने छ । भदौ ५ गते काठमाडौमा हुने महासंघको निवाचनका लागी रणनीति तयार गर्ने आफनो नेतृत्व स्थापित गराउन जिल्लागत रुपमा चौतारीको अवस्था बारे जानकारी लिन बैठक आयोजना गरिएको हो । पोखरामा आयोजना गरिएको बैठकमा प्रदेश नम्वर चारका प्रेस चौतारीका अध्यक्ष, पत्रकार महासंघमा निवाचित अध्यक्ष वा प्रतिनिधि, महासंघ र चौतारीका केन्द्रीय सदस्यहरु, पूर्व अध्यक्ष, पदाधिकारी लगायतको सहभागीता रहेको थियो । बैठकमा पत्रकार महासंघ र प्रेस चौतारीका अध्यक्षहरुले जिल्लागत रिपोटिङ गरेका थिए ।

बैठकको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । बैठकमा बोल्दै उनले स्थानिय तहमा भएको मोर्चाबन्दी जस्तै पचकार महासंघको निवाचनमा पछि मोर्चाबन्दी भए आश्चर्य मान्न नहुने भन्दै चौतारीको नेतृत्व स्थापित गर्ने गरि लाग्न आग्रह गरे । उनले पत्रकार महासंघको नेतृत्वका लागी आफनो तर्फबाट तयारी गर्न सुझाव दिदै मोर्चाबन्दी भए त्यसका लागी तयार रहनुपर्ने बताए । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सवैको भावना र विचारलाई समेटेर अगाडी बढने र उम्मेदावारी तय गर्ने योजना अनुसार बैठक आयोजना गरिएको बताउदै पत्रकार महासंघलाई सवैलाई समेटेर साझा र समावेशी बनाउन चाहेको बताए ।

पत्रकार महासंघको नेतृत्व सहमतीका साथ चयन गरौ भन्ने पक्षमा छौ उनले भने । प्रेस यूनियन र प्रेस सेन्टरसंग ठूलो संगठनको नाताले चौतारीको नेतृत्वमा सहमतीका आधारमा नेतृत्व चयन गर्न आग्रह गर्ने छौ, प्रेस चौतारी ठूलो संगठन भएका कारण नेतृत्व पाउनुपर्छ भन्ने दावी हो उनले भने । पहिलो प्रस्ताव सहमतीका आधारमा समावेशी महासंघ बनाउने हो, त्यो हुन नसके मात्रै अन्य विकल्पको खोजी गरिने अध्यक्ष बस्नेतले बताए ।

कार्यक्रमा एमाले प्रदेश नम्वर चारका संयोजक किरण गुरुङ, एमाले सल्लाहाकार परिषद्का उपाध्यक्ष खगराज अधिकारी, प्रदेश नम्वर चारका सहसंयोजक गणेश तिमिल्सिना, प्रेस चौतारीका पूर्व अध्यक्षद्धय गगन विष्ट र राजेन्द्र अर्याल, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, प्रेस चौतारीका केन्द्रीय सदस्य श्याम कुँवर लगायतले पत्रकार महासंघको निवाचन र प्रेस चौतारीका बारेमा बोलेका थिए । प्रेस चौतारीका प्रदेश नम्वर चारका संयोजक गणेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामकृष्ण शर्मा संचालन गरेका थिए ।