एनआरएन स्पेनमा चुनाबी रौनक, बिल्बाउ र म्याड्रिडमा आज मतदान


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको नयाँ नेतृत्वको लागि आज मतदान हुँदै छ। क्षेत्रीय समिति म्याड्रिड र पाईसभास्को बिल्वाउमा आज र केन्द्रिय मतदान केन्द्र बार्सिलोनामा भोलि तदान हुन लागेको हो।

निर्बाचन समितिका सदस्य सन्तोष श्रेष्ठले दिएको जानकारी अनुसार म्याड्रिडमा प्रविन लोहार र बिल्वाउमा कृष्ण राम रानाभाट निर्बाचन अधिकृतको रुपमा रहेका छन्। क्षेत्रीय समिति म्याड्रिडले निर्बाचन मिति सारिएको प्रति असन्तुष्टि जनाए पछि एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङसँग निर्बाचन प्रक्रिया अगाडि छलफल गर्दै छ।

अध्यक्षमा चिन्तामणी सापकोटा र गौतम गुरुङ,उपाध्यक्ष पदका लागि सुनिल रानाभाट,पेशल कोईराला,दिलनाथ भण्डारी र रोशन पाठक भिड्दै छन्। भने सचिवमा दिनेश कुमार गिरी,लोकबन्धु बस्नेत र तारा अधिकारी चुनाबी मैदानमा छन्।अन्य पदहरुमा भने यसअघि निर्बिरोध भईसकेको छ।

आईतबार हुने संघको पाँचौ अधिबेशनमा सहभागि हुन एनआरएनए युरोप उप-संयोजक दावा जी शेर्पा बार्सिलोनामा आउँदै छन्।

मतदान केन्द्रको पूर्ण बिबरण :-

20271857_1608278492524610_1790343717_n

नोट:- क्षेत्रीय मतदान बिल्बाउको ठेगानामा घर नम्बर २९ हुनु पर्नेमा अन्यथा भएकोमा सच्चाईएको निर्बाचन समितिले जनाएको छ।