स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम


पोखरा – आरनभी क्रियटिभ सोलुशन तथा फलो फोकसको आयोजनामा स्तन क्यान्सर सम्बन्धि जनचेतना जगाउन पोखरामा कार्यक्रम गरेको छ । कार्यक्रममा संचारकर्मी सरस्वती गुरुङले महिलाहरु आफ्नो स्वास्थ्मा सचेत हुनुपर्ने बताइन् ।

महिलाहरुले आफ्नो स्वास्थ्यको ख्याल नगरी घर, जिम्मेवारी समाल्छन् अब पहिले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाल टेलिकम शाखा म्यानेजर नरेशकाजी शाक्यले स्तन क्यान्सर बारे महिलाहरु आफै सचेत हुनु पर्ने बताए । कार्यक्रममा डा.ऋषि शेरचनले क्यान्सर सम्बन्धी जानकारी दिदै आफुले सिकेका कुरा अरुलाई पनि सिकाउनु पर्ने बताए ।

आरनभी क्रियटिभ सोलुशनका अध्यक्ष मुना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महिला क्लबका अध्यक्ष मिना आर्चायले र संचालन रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा करिब २०० जना महिलाहरुको सहभागिता रहेको थियो ।