पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल अमेरिका प्रस्थान


पोखरा – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल विहिवार अमेरिका प्रस्थान गरेका छन । अमेरिकाको लस ऐन्जलसमा अन्तराष्ट्रिय स्केटिङ्ग महसंघको आयोजनामा हुने सम्मेलनमा सहभागीता जनाउन नेपालका तर्फ बाट प्रतिनिधित्व गर्दै अमेरिका जान लागेका हुन ।

जिल्ला खेलाडी संघ कास्कीले आयोजना गरेको विदाई कार्यक्रममा अध्यक्ष पौडेलले १३ औं सागलाई केन्द्रित गर्दै भएका विकास निर्माणका पुर्वाधारहरु अन्तराष्ट्रिय मापदण्डका आधारमा हुने वताए । उनले पोखरा रंगशालामा हुने निर्माण कार्यका केही खेलका पुर्वाधारहरु निर्माण कार्यहरु निजी संस्थाहरुको समेतको सहभागितामा हुने वताए । उनले भने –‘राज्यको मात्र मुख ताकेर पुर्वाधार वन्न सक्दैनन निजी संस्थाको सहभागिता पनि उत्तिकै अपरिहार्य वन्दै गएको छ ।’ अध्यक्ष पौडेलले पोखराको पर्यटन क्षेत्रलाई माथी उठाउन पनि खेलकुद पर्यटन विकासमा सवै जुट्नु पर्ने वताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले खेलकुद विकासमा लागि परेको अभियान्तालाई अन्तराष्ट्रिय क्षेत्र वाट निमन्त्रणा आउनु सुखद रहेको वताउँदै यस क्षेत्रको खेलकुदलाई अन्तराष्ट्रिय क्षेत्रमा फैलाउन सहयोगी हुने वताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष याम गुरुङ्ग, कार्यालय प्रमुख प्रकाश वराल लगाएतले उनलाई शुभकामना दिएका थिए ।

तिन साताको भ्रमणमा अमेरिका प्रस्थान गर्न लागेका अध्यक्ष पौडेललाई पूर्व अन्तरारष्ट्रिय खेलाडी, प्रशिक्षक, खेलाडी, कार्यालयका कर्मचारी, क्षेत्रिय तथा जिल्ला खेलकुद विकास समितीका पदाधिकारी लगाएतले शुभकामना दिएका थिए ।