पोखरामा साउन अन्तिम साता पाँचौ बृहत शैक्षिक मेला हुने


पोखरा – पोखरामा साउन अन्तिम साता पाँचौ बृहत शैक्षिक (ईक्यान) मेला हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ कास्कीको आयोजनामा साउन २७ देखि २९ गतेसम्म मेला आयोजना गर्न लागेको विहिबार पोखमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पछिल्लो समय युवापुस्तामा बढ्दै गएको वैदेशिक शिक्षाको आकर्षण र चासोलाई अझै बढि स्पष्ट पार्ने हेतुले मेलाको आयोजना गर्न लागेको ईक्यान कास्कीका अध्यक्ष मिलन तिवारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । मेलामा नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्वन्धि निर्देशिका बमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा, शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त ७५ वटा स्टल रहने मेला संयोजक एवं ईक्यानका उपाध्यक्ष रमेकुमार थापाले जानकारी दिनुभयो ।‘सबै शैक्षिक परामर्शदाता संस्थाहरु हुन् र उनीहरुले फरक–फरक स्टलबाट विद्यार्थीहरुलाई सुचना प्रवाह गर्नेछन् ।’

तीन दिनसम्म चल्ने छ । मेलामा अमेरीका, बेलायत, न्यूजील्याण्ड, भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएत देशका कलेज तथा युनिभर्सिटीबाट प्रतिनीधिहरुले सहभागिता जनाउने समेत ईक्यान कास्कीले जनाएको छ ।

मेला सम्पन्न गर्न करिब १२ लाख रुपैँया खर्च लाग्ने ईक्यान कास्कीले जनाएको छ । मेलाको करिव १५ हजार दर्शकहरुको सहभागिता रहने आयोजकको अनुमान छ । १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरुको समयलाई सदुपयोग गर्न विगतमा पुसमा गदै आएको मेला यस वर्ष साउनमा गर्न लागेको ईक्यान कास्कीका सचिव भुवन क्षेत्रीले बताउनुभयो । प्लसटुको परिक्षा दिएर बसेका विद्यार्थीहरुको समयलाई मध्यनजर गरेर साउनमा गर्न लागिएको हो, जसले गर्दा परिक्षा उत्र्तिण विद्यार्थीैलाई बाहिर पढन जान सहज हुने अपेक्षा गरेका छौ उहाँको भनाई थियो ।