आईसीसी सदस्यमा गुरुङ निर्बिरोध


बार्सिलोना/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा मुक्त बहादुर गुरुङ निर्बिरोध चयन भएका छन्। राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष समेत रहेका गुरुङ २०१७-२०१९ कार्यकालका लागि आईसीसी सदस्यमा निर्बिरोध भएका हुन्।

स्पेनका तीन राजनीतिक संगठन बीच सहमति भए पछि प्रबासी नेपाली मञ्च निकटका गुरुङ निर्बिरोध बनेका हुन्। यस अघि नेपाली जनसम्पर्क समितिका शालिकराम डुम्रेले आईसीसी सदस्य पदका लागि उमेद्वारी दर्ता गराएका थिए।

संघको पाँचौ अधिबेशन आगामी जुलाई २३ तारिख बार्सिलोनामा हुँदै छ।

यो पनि पढ्नुहोस् :एनआरएन स्पेनमा पहिलो पटक चुनाव हुँदै,अध्यक्षमा सापकोटा र गुरुङको भिडन्त