बन्यजन्तु उद्धार केन्द्र पचभैयामा ढुंगेधारा हस्तान्तरण


पोखरा – पोखरा इलेक्ट्रीकल्स एशोशियसन कास्कीद्धारा प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना तथा बन्यजन्तु उद्धार केन्द्रमा निर्माण सम्पन्न ढुंगेधाराको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । ढुंगेधाराको पोखरा इलेक्ट्रीकल्स एशोशियसन कास्कीका अध्यक्ष राजेन्द्र बहादुर कार्कीले उद्घाटन तथा हस्तान्तरण गरे ।

सो समारोहमा वोल्दै अध्यक्ष कार्कीले पोखरा अन्तराष्ट्रिय चिडियाखाना तथा उद्धार केन्द्रमा आफुहरुको पहलमा पहिलो चरणमा ढुंगे धारा निर्माणा गरेको वताउदै आगामी दिनमा पनि सो क्षेत्रमा आफ्नो संस्थाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

पोखरा लेखनाथ महानगरपालिकाका कानुनी अधिकृत राममणी अधिकारीले पोखरा लेखनाथ महानगरपालिकाको ३१ नम्बर वडामा रहेको बन्यजन्तु उद्धार केन्द्र वन्यजन्तु सम्बन्धी अध्ययन गर्ने विद्यार्थीका लागी उत्कृष्ट गन्तब्य हुने वताए । आन्तरिक तथा बाह्य पर्यटन संगै विद्यार्थीहरुका लागी समेत उपयोगी ठाउ हुने भएकाले यसको प्रचार प्रसार हुनुपर्नेमा उनले जोड दिए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ का नवनिर्वाचित सदस्य विष्णु बहादुर भुजेलले प्रस्ताविच चिडियाखाना तथा बन्यजन्तु उद्धार केन्द्र निर्माणका लागी आफ्नो वडाबाट सक्दो सहयोग गरी सहकार्य गरेर अगाडी वढ्ने वताए ।

त्यस्तै समाजसेवी दिनानाथ ढकालले पनि बन्यजन्तुको संरक्षणका लागी मात्र नभइ जो कोही बन्य जन्तु प्रति रुची राख्नेका लागी पचभैया एक गन्तब्य हुने दावी गर्दै अन्य संघ सस्थाले पनि उद्धार केन्द्र भित्र सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका अध्यक्ष हिमालय बख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितीका सचिव तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

सो कार्यक्रममा पोखरा इलेक्ट्रीकल्स एशोशियसनका पदाधिकारी तथा युनाइटेड क्लवका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।