कास्की जिल्ला अदालतमा हाप पेन्ट, मिनिस्कट लगाएर जानेलाई प्रवेशमा रोक


पोखरा –  तपाई कास्की जिल्ला अदालत कुनै काम लिएर जादै हुनु हुन्छ ? आफुले कस्तो पोसाक लगाउनु भएको छ ख्याल गर्नु होस् । किन भने कास्की जिल्ला अदालतमा हाप पेन्ट, मिनिस्कट, जागे लगाएतका अंग प्रर्दशन गर्ने खालका बस्त्र लगाएर अदालतको पर्खाल भित्र पस्न पाइने छैन ।

अदालत प्रशासनले त्यस्ता बस्त्र लागएर आउनेलाई गेटबाटै फर्काउने गरेको छ । कास्की जिल्ला अदालतका सेस्तेदार कृष्णप्रसाद नेपालले अदालतलाई मर्यादीत बनाउन आफुहरुले त्यस्तो व्यवस्था गरेको बताए ।

‘अदालत मर्यादीत क्षेत्र हो,’ उनले भने— ‘कति सेवा ग्राही लाजै नमानी आपत्ती जनक बस्त्रमा लगाएर आउछन् ।’ नेपालले अदालतमा आउदा यस्तै पोशाक लागउनु पर्छ भने छैन तर अंग प्रर्दशन गर्ने खालका पोशाक लगाउनु भएन । ‘सट पाइट, कुर्था, सुर्वाल, साडी, चोलो जे लगाए पनि हुन्छ,’ उनले भने ‘तर टिसट, हाप पेन्ट, मिनिस्कट लगाएर आउन प्रबेश निषेध छ ।’

उनले विदेश गएर आएकाहरु धेरैले टिसट, हाप पेन्ट, मिनिस्कटमा आउने गरेको बताए । उनले गाउँबाट कुनै मानिस कछाड बाधेर आउछ भने उसले प्रबेश पाउने तर टिसट र हाप पेन्ट लगाएर अदालतमा आउनेले प्रबेश गर्न नपाइने बताए । विदेश गएर आएकाहरु वनपिसमा समेत आउने गरेको उनको भनाई छ ।

हाप पेन्ट, जागे, मिनिस्कट तथा अंगप्रदर्शन गर्दै ग्लामर्स बन्न खोज्नेहरुलाई प्रबेश छैन उनले बताए । अदालत हाता भित्र प्रवेश गर्न नपाउदा कोहि त्यतिकै फर्कने गरेका छन् भने कोही घरबाट कपडा मगाएर त कोही नयाँ कपडा किनेर लगाएर मात्र प्रबेश गर्ने गरेको एक कर्मचारीले बताए ।