खेलकुदमा राज्यको लगानी न्युन भयो : सचिव दाहाल


पोखरा – खेलकुद पर्यटनको विकासले नै मुलुककको आर्थिक सम्वृद्धीको आधार वलियो हुने युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाल दाहालले वताएका छन । पश्चिमाञ्चल क्षेत्रिय नवौं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै सचिव दाहालले खेलकुदमा राज्यको लगानी न्युन भएकाले खेलकुदको विकास सम्भव हुन नसकेको वताए ।

आफुले यस क्षेत्रको खेलकुदलाई एकदमै नजिक वाट नियालिरहेको वताएका सचिव दाहालले पोखरालाई खेलकुलको पर्यटन राजधानीको रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिए । सचिव दाहालले यस क्षेत्रको खेलकुदको पुर्वाधार विकास गर्न यस पटक ३ करोड पठाइएको र आगामी वर्षका लागि पुर्वाधार विकासका गर्न थप २५ करोड विनियोजन गरिने जानकारी दिए ।

सचिव दाहलले खेल र खेलाडीको विकासका लागि विभिन्न खेलका स्र्पोट्स एकाडेमीको संचालन गर्न सकेमा मात्र मुलुकले पदक पाउने सम्भावना रहन सक्ने वताए । उनले यसका लागि विभिन्न ट्रेनिङ्ग सेन्टरको स्थापना र एकाडेमी संचालन गर्न मन्त्रालयले विशेष पहल थाल्ने वताए । उनले स्थानिय तह वाट नै खेलकुदको विकास गरिनुपर्ने भएकाले हरेक स्थानिय तहमा रकम पठाउन सुरु गरिने जानकारी दिए ।

असार २१ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा विभिन्न ८ खेलहरु समावेश गरिएका छन जसमा करिव १ हजार ३ सय ७८ खेलाडीले पदकका लागि प्रतिष्पर्धा गरिरहेका छन । उद्घाटन कार्यक्रम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा भएको थियो ।