नेपालको पर्यटन प्रवद्वनका लागि स्विटजरल्याण्डवाट जोड


स्विटजरल्याण्ड । नेपालको पर्यटन प्रवद्वनका लागि एक बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाली राजदूतावास जेनेभा तथा एनआरएनए स्विटजरल्याण्डको संयुक्त्त आयोजनामा शनिबार राजधानी बेर्नमा कार्यक्रम सम्पन्न भएको हो।

“हिमालहरु:- संस्कृति र मानिसहरु बीचको संगमविन्दु” नाम दिईएको कार्यक्रममा,स्विटजरल्याण्डको विदेश विभाग एसिया प्यासिफिक क्षेत्र प्रमुख योहानेस माट्टिआसी प्रमुख अतिथिको रुपमा सहभागी भए। कार्यक्रममा सहभागि हुन पाएकोमा खुसी ब्यक्त्त गर्दै माट्टिआसीले दुई देश बीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालको पर्यटन बिकासमा लागि स्विटजरल्याण्डको सधै सहयोग र सद्भभाव रहने बताए। उनले दुई देशको कुटनीतिक सम्बन्ध र सहकार्यको चर्चा गरे ।19688335_1599363263431161_1159024970_oस्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले दुवै देश हिमाली राष्ट्रहरु भएकाले पनि विविध समानता रहेको बताउदै नेपालको पर्यटन प्रवर्धनमा स्विटजरल्याण्डले खेलेको भूमिको प्रशंसा गरे। राजदूत धितालले नेपालको राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै नयाँ संबिधान अन्तर्गत स्थानिय निकायका निर्वाचनहरू सम्पन्न भैरहेकोमा जानकारी समेत गराए।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य डा. विनय श्रेष्ठले एनआरएनले जारी राखेको “अतिथिदेवो भव” कार्यक्रमको चर्चा गरे। उनले थपे: दुई साँस्कृतिक र दुई प्राकृतिक युनेस्को विश्व सम्पदाहरु हुनु मात्र पनि पर्यटन प्रवर्धनका लागि अपर्याप्त हुन सक्छ । त्यसैले प्रतिस्पर्धापूर्ण पर्यटकिय क्षेत्रका कारण नेपाल जाने सम्भावित पर्यटकहरुलाई विश्वस्त पार्न सक्ने र संगठित तबरको बजार उपस्थिति अपरिहार्य छ।”19727386_1599363340097820_678263873_oकार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनीधि कमल भट्टले नेपाल कहिले र किन घुम्ने भन्ने विषयमा जानकारी गराए। यस्तै नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्थुलले पनि नेपालको पर्यटन प्रवद्वनका बिषयमा बोले।

कार्यक्रममा स्विस नागरिकहरु र नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपालमा पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित केहि बर्षदेखि यो कार्यक्रम नियमित आयोजना हुँदै आएको छ ।

नेपाली सँस्कृति झल्कने नृत्य र गीत-संगित सहित नेपाली खानाका परिकारहरु पनि राखिएको थियो।19668040_1599363603431127_158453978_n 19679904_1599363133431174_1325645751_n 19686512_1599363376764483_1673774341_o 19747725_1599363403431147_1796743758_o 19720521_1599363106764510_492580931_o