प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तहमा आज मतदान हुँदै


काठमाण्डौ – स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा आज मतदान हुँदैछ ।

मतदानका लागि ४ हजार ५ सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएमा छन् ।

मतदाताले बिहान ७ कजेदेखि अपराहन्न ५ बजेसम्म तोकिएको मतदान केन्द्र पुगेर एक पद, एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणाली अन्तर्गत स्थानीय तहको प्रमुख, उप प्रमुख, वडाध्यक्ष र वडाका चार सदस्यलाई गोप्य रुपमा मतदान गर्नेछन् । आजको नागरिक दैनिकमा खबर छ ।