ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – असार १४ गतेका लागि तय गरिएको दोस्रो चरणको स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको विषयलाई आजका पत्रपत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा परेर भएको मानवीय तथा भौतिक क्षतिबारे पनि पत्रपत्रिकाहरुले सामग्री पस्केका छन् । विभिन्न स्थानका चुनावी विश्लेषणहरु पनि आजका पत्रपत्रिकाहरुमा छापिएका छन् ।