राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट २८ लाख रुपैयाँ भन्दा बढी बचत


पोखरा – पोखरा उद्योग वाणिज्य संघले गएको मंसिर महिनामा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट २८ लाख ७८ हजार ८ सय ७३ रुपैयाँ बचत गरेको छ । संघकमा अध्यक्ष विश्वशंकर पालिखेका अनुसार मेलामा भएको प्रायोजन, टिकट बिक्री तथा स्टल भाडाबाट १ करोड २४ लाख ५४ हजार ७ सय १० रुपैयाँ आम्दानीमा खर्च भएको ९३ लाख ५१ हजार ८ सय २० रुपैयाँ घटाउँदा सो रकम बचत भएको हो ।

 

संघले बचत भएको रकम व्यवसायीक वातावरण निर्माण तथा सामाजिक कार्यमा खर्च गर्ने घोषणा समेत गरेको छ । शुक्रबार राष्ट्रिय औद्योगिक व्यापार मेला २०७३ को आयव्ययबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनको क्रममा अध्यक्ष पालिखेले भन्नुभयो,‘ पोखरामा सोलार लाइट जडान गर्ने क्रममा सडकको डिभाइडर बनाउन तथा पोखराको खानेपानीको मुहान क्षेत्रमा शवदाहगृह, सौचालय तथा लुगा धुने ठाउँ बनाउने कार्यमा संघले लगानी गरेको छ ।’

 

मेलालाई निरन्तरता दिने क्रममा आउँदो मंसिर १४ गतेदेखि २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को आयोजना गर्ने निर्णय भई सकेको संघका महासचिव दामु अधिकारीले जानकारी दिनुभयो । यो वर्षको मेलालाई भव्य रुपले सम्पन गर्न अहिलेबाटै तयारी थालिएको पनि उहाँले जनाउनुभयो । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मुल नाराका साथ गएको मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेलामा २०७३, आयोजना भएको थियो ।