ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसर) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले भ्रमणको निम्तो दिएकाले देउवाले भारत भ्रमणको इच्छा व्यक्त गरेको पत्रपत्रिकामा खबर छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश बनाउने एमालेले असहमति व्यक्त गरेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् । असार १४ मा हुन लागेको दोस्रो चरण निर्वाचनका विविध पाटा–पक्षबारे पनि आजका पत्रपत्रिकाहरुले सामग्री पस्केका छन् ।