पोखरा लेखनाथ महानगरपालिकाको प्रथम वोर्ड बैठक सम्पन्न


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको प्रथम वोर्ड बैठक विभिन्न निर्णयहरु गरको छ । बोर्ड बैठकले पोखरा महानगरपालिकाको भवन निमार्णका लागि जग्गा खोज्न समिति गठन गरेको छ । समितिले सबैलाई पाएक पर्ने र धेरै क्षेत्रफल भएको ठाउँ खोजी गर्नु पर्ने गरि समितिलाई जिम्मा दिएको छ ।

त्यसै गरि फेवातालबाट जलकुम्भी झार निकाल्नका लागि मेसिन खरिदका लागि समिति गठन भएको छ । नगरपालिकाले ९० लाख र संसद विकास समितिको ५० लाख गरि १ करोड ४० लाखमा मेसिन खरिद गर्ने र सञ्चालन गर्ने समितिका काम रहेको छ । त्यसै गरि बैठकले पोखरामा निमार्ण भएका मापदण्ड विपरीत घर र फोहोर व्यवस्थापन कसरी गर्ने सम्बन्धमा पनि छलफल गरेको छ ।

त्यसै गरि पोखरा महानगर पालिकाका मेयर र उपमेयरले पदस्थापनका बेला गरेका १० प्रतिशत बृद्धभत्ता बढाउने र महिलाका लागि कानुनी परर्मशका लागि डेक्सस्थापना गर्ने निर्णय बैठकले अनुमोदन गरेको छ ।  महानगरका मेयर मान बहादुर जिसि को अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।