टारी–घैयाखेत टोल विकास संस्थामा अधिकारी


पोखरा । पोलेमनपा वडा नं. २२ स्थित टारी–घैयाखेत टोल विकास संस्थाको दोश्रो साधारण सभा तथा प्रथम अधिवेसनले लक्ष्मी अधिकारीको अध्यक्षतामा नौ सदस्यिस नयाँ समिति गठन गरेको छ।

संस्थाको उपाध्यक्षमा गंगा चपाई, सचिवमा रामप्रसाद सुवेदी, कोषाध्यक्षमा शुशिला सुवेदी, सहसचिवमा सिता भुजेल र सदस्यहरुमा विष्णुमाया जैसी, पवित्रा भण्डारी, विष्णु नेपाली, सावित्रा अधिकारी र टेकनाथ पौडेल चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन वडा नं. २२ का नवनिर्वाचित वडा अध्यक्ष मित्रलाल वरालले गरेका थिए । उनले सबै क्षेत्र, वर्ग, जातजातीको समावेसी समाजको विकासको लागि समावेसी संस्था नै आवश्यक पर्ने वताए।

निर्वाचन मण्डलका संयोजक खेमराज वराल (धु्रब)ले नवनिर्वाचित कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका थिए।

सो अवसरमा ज्योर्तिलिङग शिवालय मन्दिरका अध्यक्ष धर्मराज अर्याल, जुनतारा आमा समुहकी अध्यक्ष शान्ति भारती, रानीवन चेतनशिल महिला समुहकी अध्यक्ष विष्णुदेवि जैसी, सिमलटारीका पशुपति वराललगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सचिव रामप्रसाद शर्माले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शुशिला सुवेदीले आर्थिक प्रतिवेदन, लोक तथा दोहरी गीत प्रतिष्ठान कास्कीका सचिव ज्ञानेस्वर सुवेदीले स्वागत गित, मनुराज आचार्यले एकिकृत विकास योजना प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष मैना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गंगा चपाई र संचालन सल्लाहकार मदनकुमार मैनालीले गरेका थिए ।