जनसम्पर्क समिति डेनमार्क द्वारा संगठन विस्तार


नेपालीनेपाली डटकम सम्बादाता

कोपनहेगन । नेपाली जनसम्पर्क समिति डेनमार्क आफ्नो अधिवेशन पश्चात संगठनलाई थप मजबुत बनाउन हालै संगठन विस्तार गरेको छ । सदस्यता संख्या र संस्थामा आवद्धताको हिसाबले युरोपमै सबैभन्दा ठुलो संस्थामा पर्ने नेपाली जनसम्पर्क समिति डेनमार्क आँफैमा बलियो संस्थाको रुपमा परिचीत हुँदै आएको छ । पछिल्लो अधिवेशन पश्चात पनि संस्थालाई अझै बलियो बनाउन नवनिर्वाचीत सभापती विरेन्द्र सिंह कार्कीले कुनै कसर बाँकी राखेका छैनन् । उनले सबैको सल्लाह र सुझावमा संस्थालाई थप बलियो बनाउने कुरा बताउंदै आएका पनि छन् ।

Screen Shot 2017-06-10 at 16.27.56

सभापती: विरेन्द्र सिंह कार्की

मनोनयनमा लै ढिलाई भए पनि विधान अनुसार तीन महिना भित्र कार्यसमितिमा छलफलमा प्रवेश गराई सकेको र  सबै साथीभाई संग व्यक्तीगत छलफल अनि सामुहीक छलफल गर्दै अगाडी बढ्ने पर्ने भएकोले साथै सबैको चित्तबुझ्दो गरी गर्नु पर्ने भएकोले अलिक समय लागेको पनि अध्यक्ष कार्कीले बताउंदै आएका छन् ।

हालै बसेको समितिको पूर्ण बैठकले सल्लाहाकार समिति गठन गरेको छ र कार्यसमितिमा सदस्यहरु पनि थप गरेको छ । सल्लाहाकार हरु निम्न रहेका छन् ।
डोल राज पौडल (नविन- जो जनसम्पर्क समितिका संस्थापक अध्यक्ष हुन् ),त्रिलोचन सापकोटा ( भूपू अध्यक्ष ),यामलाल सुवेदी ( भूपू अध्यक्ष ), रामचन्द्र पाठक ( भूपू अध्यक्ष ),मोहन राज मिश्र, दिपेन्द्र चुँडाल, प्रकाश ढकाल (प्रेश सल्लाहकार) गोविन्द पौडल ,सुर्य प्रकाश खनाल, महेश सिंह खत्री, विनय खतिवडा, वुद्वी सापकोटा, शैलेन्द्र अधिकारी,शुनिल कुमार श्रेष्ठ,सोम गुरुङ, सरस्वती कार्की, अञ्जु पराजुली सल्लाहाकार समितिमा रहेका छन् । निवर्तमान सभापती नवराज आचार्य ( नवीन ) हालको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था विधानमा रहे अनुसार उनी पदेन सदस्य रहने छन् ।

सल्लाहाकार समितिमा सबैलाई समेट्ने र सबैपक्ष अट्न सक्ने जनसम्पर्क समितिको परिकल्पना गरिएको सभापती कार्कीले बताए ।

यसैगरी समितिको प्रवक्तामा अधिवेशनमा निर्वाचीत सदस्य विजय सापकोटालाई मनोनयन गरिएको छ भने समितिको पूर्णताको लागि विधान बमोजीम अध्यक्ष कार्कीले  प्रदिप तिवारी, शुनिल पौडेल, प्रकाश शर्मालाई सदस्यमा मनोनयन गरेका छन्

यसैगरी महामन्त्री यादव बस्नेतले बताए अनुसार विधान अनुसार ७ अामन्त्रित सदस्यहरु, १ सहकोषाध्याक्ष, १ महासचिव, १ उपसभापतिको छलफलमा प्रवेश गरेकोले चाँडै मनोनयन गरिने बताए । आकांक्षीहरु अलि बढी देखिएको र सबैलाई मिलाउने गरी गर्नु पर्ने भएकोले थोरै समय लिएर सबैलाई चित्त बुझ्ने किसिमले सबै पदहरु प्रक्रियागत रुपमा मनोनयन गरिने निवर्तमान सभापती नवराज आचार्य(नवीन)ले बताए ।

सबैको चित्तबुझ्ने गरी कार्यसमितिले काम गर्नेमा आँफुहरु आशावादी भएको संस्थापक अध्यक्ष डोलराज पौडेल ( नवीन ) ले बताए । निकै संघर्ष र मेहनतबाट संस्था यहाँसम्म आइपुगएकोले संस्थाले सबैलाई समेट्ने कुरामा आँफु आशावादी रहेको पनि उनले बताए ।