जनसम्पर्क समिति डेनमार्कद्वारा प्रधानमन्त्री देउवालाई बधाई


जनसम्पर्क समिति द्वारा प्रधानमन्त्री निर्वाचीत भएकोमा देउवालाई बधाई

नेपालीनेपाली डट कम सम्वादाता ।

कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कले आफ्नो मातृ पार्टी नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा प्रधानमन्त्री निर्वाचीत भएकोमा बधाई दिएको छ । समितिले हालै एक विज्ञप्ती प्रकाशीत गरी प्रधानमन्त्री देउवालाइ बधाई दिएको जनसम्पर्क समिति डेनमार्कका सभापती विरेन्द्र सिंह कार्कीले बताए ।

साथै कार्कीले बताए अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा वाँकी रहेको स्थानिय निकायको चुनाव, प्रदेश र संसदिय चुनाव तोकेको समयमानै सम्पन्न गराई संविधान कार्यन्वयनको दिशामा देशलाई अगाडी  बढाई भविष्यमा देशमा दिगो शान्ति, आर्थिक सम्बृद्धीतर्फ देशलाई उन्मुख गराउनु हुनेछ भन्ने विश्वास समितिले लिएको छ ।