उद्योग वाणिज्य संघले अनलाइन जब पोर्टल संचालन गर्ने


पोखरा । पोखरा उद्योग बाणिज्य संघले बेरोजगार युवा युवतीहरुको लागि सहजहोस भन्ने हेतुले अनलाइन जब पोर्टल संचालन गर्ने भएको छ ।

पोर्टल संचालन सम्बन्धि संझौता पत्रमा संघका अध्यक्ष बिश्व शकर पलिखे, नेपाल इनोभेसन टेक्नोलोजी एण्ड इन्टरप्रेनरसिप सेन्टर (एनआईटिइसी)का प्रवन्ध निर्देशक योङगिन किम र गण्डकी इन्जिनियरिङ कलेजका प्राचार्य रवी प्रसाद बरालले सयुक्तरुपमा बुधबार हस्ताक्षर गरेका थिए ।

DSCF5969
उक्त हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष बिश्व शंकर पालिखेले देश बिकासका लागि आईटी इन्जिनियरिङले मात्र सम्भव भएको वताउदै अब रोजगारीका लागि बाटोमा भौतारिदै हिड्न नपर्ने बताए । उनले आगामी दिनमा सबै च्याम्बरहरुवाट यसको विस्तारमा लागिने वताए ।

गण्डकी इन्जिनियरिङ कलेजका प्राचार्य रबिप्रसाद बरालले सफ्टवेयर निर्माण गर्न विद्यार्थीहरुले ज्ञानको सीपलाई बिकासमा लगाउनु पर्ने बताए । उनले पोखरालाई स्मार्ट सिटि बनाउन सर्व प्रथम हरेक व्यक्ति प्रबिधि मैत्री हुुन पर्ने बताउदै प्रबिधि बिना स्मार्ट सिटि बनाउन नसकिने बताए ।

एनआईटिइसीका प्रवन्ध निर्देशक योङगिन किमले अनलाइन जब पोर्टलको वारेमा सर्वसाधारणले बुझ्न आवश्यक रहेको बताउदै यसको बिकासको निम्ति आफुले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा संघका उद्योग तर्फका उपाध्यक्ष एंव अनलाइन जब पोर्टल संयोजक मोहनबाबु खड्काले रोजगारी कहाँ पाइन्छ भन्ने जानकारी दिनु नै यसको मुख्य उद्देश्य रहेको बताउदै अब उद्योगीले कामदारहरु चाहिएमा भौतारिन नपर्ने बताए ।
अनलाइन जब पोर्टल संचालन गर्न गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सको प्राबिधिक सहयोग र एनआईटिइसीको आर्थिक सहयोग रहने छ ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव दामु अधिकारीले संचालन गरेका थिए ।