भाट समाज पोले २६ को अध्यक्षमा वञ्जरा


पोखरा । भाट समाज नेपाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ इकाई समितिको शनिबार सम्पन्न चौथो अधिबेशनले नरेशकुमार वञ्जराभाटको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति चयन भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा तारा राजभाट, दितिय उपाध्यक्षमा कर्णबहादुर रानाभाट, सचिवमा तारानाथ रानाभाट, सहसचिवमा दिपेन्द्र रानाभाट, कोषाध्यक्षमा लक्ष्मण रानाभाट, सहकोषाध्यक्षमा कल्पना भण्डारीभाट र सदस्यहरुमा रेवती अधिकारीभाट, मनबहादुर रानाभाट, सुर्यप्रकाश वञ्जराभाट, र शम्भु पतानीभाट सर्व सम्मत चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि भाट समाज नेपाल कास्की जिल्ला अध्यक्ष रमेशबहादुर रानाभाटले कार्यक्रमको उद्घाटन गर्दै भाट समाजले गरेका कार्यहरुले अन्य समुदायलाई पनि प्रेरणा मिलेको बताए । अबसरमा वडा सदस्य पदमा निर्वाचित खड्कबहादुर रानाभाटलाई समाजका अध्यक्ष मिमबहादुर कनियलभाटले सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

सम्मानित ब्यक्ति खड्कबहादुर रानाभाटले वडा सदस्यमा जिताउन सहयोग गरेकोमा भाट समाजलाई धन्यवाद दिदैं वडा समितिले गर्ने कार्यको बारेमा निर्देशिका नआइ सकेकोले हामीले यो गर्छु वा त्यो गर्छु भन्दै हिड्नुभन्दा कानुन बमोजिम गर्न सकिने कार्य तत्परताका साथ गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा भवन निर्माणको लागि भक्तबहादुर रानाभाट, तेजबहादुर रानाभाट, गंगादेबी राजभाट, माधब रानाभाट, देबेन्द्र रानाभाटले नगद रकम हस्तान्तरण गरेका थिए।

त्यस्तै समाजसेवी शिबबहादुर रानाभाटले नेपाली काँग्रेस ईकाई समितिको तर्फबाट सहयोग आएको ५० थान कुर्चि र एक थान टेबल भवन निर्माण समितिका संयोजक ठाकुरप्रसाद रानाभाटलाई हस्तान्तरण गरेका थिए। सो अबसरमा समाजका केन्द्रिय सदस्य एवं भवन निर्माण समितिका संयोजक ठाकुरप्रसाद रानाभाट, सचिव कृष्ण भाट, पश्चिमाञ्चल समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर रानाभाट, जग्गादाताको तर्फबाट ओमबहादुर बन्जरा, सिलिङे सहकारीका सचिव बिकास रानाभाट, समाजसेवी कल्पना रानाभाटले बोलेका थिए ।

इकाई अध्यक्ष मीमबहादुर कनियलभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पुर्व सचीव शम्भु राजभाटले र संचालन सचीव नरेशकुमार बन्जराले गरेका थिए।