कास्कीको लागि २ अर्ब ९४ करोड बजेट विनियोजन


पोखरा – देशकै सबै भन्दा ठूलो महानगर सहित पाँच स्थानीय तह रहेको कास्कीका लागि २ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ । पोखरा लेखनाथ महानगर सहित पाँच स्थानीय तहको लागि कुल २ अर्ब ९४ करोड ३२ लाख २९ हजार रुपैया बजेट छुट्याइएको छ । जस मध्ये १ अर्ब ४ करोड १७ लाख ९८ हजार बित्तिय समानीकरण अन्तर्गत र ७८ करोड ३९ लाख ३१ हजार ससर्त अनुदान रकम रहेको छ ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाको लागि २७ करोड ९५ लाख, माछापुच्छ्रे गाउँपालिकालाई ३० करोड ६५ लाख ५३ हजार, मादी गाउँपालिकालाई ३२ करोड २२ लाख ८३ हजार र रुपा गाउँपालिकालाई २० करोड ९१ लाख ४६ हजार रुपैया बजेट छुट्याइएको छ ।

अर्थमन्त्री कृष्ण बहादुर महराले सोमवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा स्थानीय तहलाई बित्तिय अधिकार सहितको पर्याप्त बजेट विनियोजन गरिएको बताए ।