विश्वको सर्वोच्च चुचुरो सगरमाथामा मानव पाइला पुगेको ६४ वर्ष पुग्यो


काठमाडौं– विश्वको सर्वोच्च चुचुरो सगरमाथा (८ हजार ८४८ मिटर अग्लो)मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ।
न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए।

त्यसपछि आरम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार डिसेम्बर २०१४ सम्म ४ हजार ४ सय २८ जना आरोहीले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन्।
त्यसयता सन् २०१५ मा सगरमाथा आरोहण हुन सकेन। सन् २०१६ को वसन्त ऋतुमा २ सय ८९ आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए भने सोही वर्ष विदेशी र स्वदेशी सहयोगीसहित ४ सयले आरोहण गरेको अनुमान छ। सन् २०१७ को वसन्त ऋतुमा ४२ टोलीका ३ सय ७५ आरोही मध्ये कतिले सगरमाथा आरोहण गरिसकेका छन् भने कतिपय आरोहणकै क्रममा छन्आ ।जको नयाँ पत्रिकामा खबर छ ।