पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख र उपप्रमुखद्धारा पदभार ग्रहण


पोखरा – देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकामा विजयी प्रमुख र उपप्रमुखले आइतबार पदभार ग्रहण गर्नुभएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा सपथ लिए लगत्तै पोखराको न्यूरोमा रहेको महानगरपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणपछि तीन महत्वपूर्ण निर्णय गरिएको छ । नेपाल सरकारले अहिले दिदै आएको समाजिक सुरक्षामा भत्तामा महानगरभित्र रहेका जेष्ठ नागरिकका लागि महानगरको आन्तरिक स्रोतबाट ब्यहोर्ने गरी १० प्रतिशद्ध बृद्धी गर्ने, महानगरको सेवालाई १० दिन भित्र प्रभाबकारी बनाउने, महानगरपालिका कार्यालयबाट महिला हिंसा पिडीतका लागि निशुल्क कानुनी परामर्श सेवा प्रदान गर्ने निर्णय गरिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा भएको सपथ लगतै महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरी बृद्धभक्ता १० प्रतिशत बृद्धि गर्ने निर्णय गरिएको हो ।


निवाचनका बेला जनता वीच गरेको प्रतिबद्धता अनुसार सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्तामा महानगरको आन्तरीक स्रोतबाट दश प्रतिशत थप भत्ता प्रदान गर्ने निर्णयमा मेयर मानबहादुर जिसीले सहि गदै पदभार ग्रहण गर्नुभएको हो । घोषणापत्रमा उल्लेख गरिएको कुरालाई कार्यान्वयन गर्ने गरि बृद्धभक्तामा १० प्रतिशत बृद्धि गर्ने निर्णय गरिएको हो ।
महानगरको प्रमुख (मेयर) मान बहादुर जिसी र उप प्रमुख (उपमेयर) मा निर्वाचित मञ्जुदेवी गुरुङ सहित ३३ वटै वडामा निर्वाचित प्रतिनिधिले सपथ लगतै पदभार ग्रहण गर्नुभएको हो । महानगरका प्रमुख, उप प्रमुख र वडाध्यक्षलाई प्रमुख निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले र वडा सदस्यहरुलाई महानगरका नवनिर्वाचित प्रमुख जिसीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । पोखरा लेखनाथ महानगरमा एक प्रमुख र एक उप प्रमुख सहित सबै वडाका वडाध्यक्ष, महिला एबं दलित सदस्य र दुई खुल्ला सदस्य गरी १६७ जना निर्वाचित भएका थिए ।


पोखरा महानगरमा निर्वाचित प्रतिनिधि मार्फत दलित तथा अल्पसंख्यक समुदायबाट तीनजना थप गरी १ सय ७० जनाको नगरसभा बनाईने छ भने ४३ जनाको नगर कार्यपालिका गठन हुनेछ ।पोखरा महानगरको प्रमुखमा जिसीले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मत अन्तरले पराजित गर्नुभएको हो । जिसीले कुल ६० हजार ११८ मत प्राप्त गर्दा कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभएको थियो । जिसीले कुँवरले भन्दा १३ हजार ७०२ मत बढी प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो । त्यस्तै उप मेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई १२ हजार ११० मत अन्तरले पराजित गरी निर्वाचित हुनुभएको हो । विजयी मञ्जुदेवी गुरुङले कुल ५६ हजार ४४८ मत प्राप्त गर्दा पराजित सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गर्नुभएको थियो ।

 

नेपाल सरकारले अहिले दिदै आएको मासिक भक्तामा महानगरभित्र रहेका जेष्ठ नागरिकका लागि महानगरको आन्तरिक स्रोतबाट ब्यहोर्ने गरी १० प्रतिशद्ध बृद्धीको निर्णय गरिएको हो । यो निर्णय आगामी आर्थिक बर्ष २०७४र७५ देखि लागु हुने मेयर मानबबहादुर जिसीले बताउनुभयो । महानगरपालिकका कार्यालयबाट सेवाग्राहीले प्राप्त गर्ने सेवा छिटो छरितो बनाउनका लागि यो निर्णय गरिएको नवनिर्वाचित प्रमुख जिसीले बताउनुभयो ।
महानगरपालिका कार्यालयबाट महिला हिंसा पिडीतका लागि निशुल्क कानुनी परामर्श सेवा प्रदान गर्ने निर्णय समेत गरिएको छ । नवनिर्वाचित उप प्रमुख गुरुङले यो निर्णयबाट महानगरभित्र हिंसामा परेका महिलाहरुलाई सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा पोखरा लेखनाथ महानगरलाई महिला हिंसा मुक्त, जेष्ठ नागरिकमैत्री, वालमैत्री, महिलामैत्री बनाउने प्रतिबद्धता जनाउनु भएको छ । सबै महानगरवासीलाई समान न्यायको प्रत्याभूति हुने गरी आफुले काम गर्ने उहाँको भनाई छ । करिव १४ वर्षपछि जनप्रतिनिधि पाएका महानगरपालिकाका कर्मचारीले नवनिवाचित मेयर र उपमेयरलाई भब्य स्वागत गरेका थिए । फुलमाला सहित उहाँहरुलाई कर्मचारी स्वगत गदै कार्यकालको शुभकामना दिनुभएको थियो ।