फिनल्याण्डमा रामकृष्ण ढकाल गुन्जिए  


-श्रवण खनाल

हेल्सिन्की/ फिन्ल्याण्डको राजधानी हेल्सिन्कीमा गायक राम कृष्ण ढकालले आफ्नो जोडदार प्रस्तुती राखेका छन्। फिनिश नेपाल सोसाइटीले बिहिबार कोन्तुलामाआयोजना गरेको सांगीतिक साँझमा ढकालले प्रस्तुति राखेका हुन्।

ढकालले “ओराली लागेको हरिणकै ताल भो”, “छिटको गुन्यिउँ तिमीले लगाउँदा”,”मलाई यो जिन्दगीले कहाँ पुर्यायो” जस्ता मार्मिक गीत सुन्दा दर्शकहरु भावुक बनेका थिए।

ढकालका साथै नेपाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले सान्नानीले झुक्याओ मलाई”, “चरी भये आउथे उडेर”, “सलल बग्यो गण्डकी” जस्ता झ्याउरे गीतले माहोल तताए।

unnamed-21बिभिन्न उमेर समुहका रहेका र उनिहरुको रोजाइ पनि फरक फरक हुने कुरालाई मध्यनजर गर्दै आयोजकले गीतहरुको धेरै राम्रो समिश्रण गरेका थिए। तृप्‍ति भण्डारीको “म त चमेली” रेमिक्स, हिमान्शु, शोहन अनी अमृतको “पानी पर्‍यो असिना झर्यो”, प्रतिभा भट्टराईको “सुन साइली” जस्ता खुराकहरु वास्तवमै राम्रो समिश्रण रहेको थियो।

लोकदोहोरी गायक शर्मा र बिनिता लामिछानेको दोहोरी घम्साघम्सी नै चलेको थियो। नविन अर्यालको बढो मिठास अनी सन्तुलित भाषामा सन्चालित उक्त सास्क्र्तिक साँझमा बालिका सारीका अधिकारी, लोक दोहोरी प्रतिष्ठान युरोप साखाका उपाध्यक्ष नबिन भट्टराई लगायत अन्य कलाकारहरुले समेत आफ्नो कलाको प्रस्तुत गरेका थिए।

झन्डै २ सयको उपस्थित रहेको उक्त कार्यक्रममा फिन्ल्यान्डमै हुर्केका नयाँँ पिढीहरुमा समेत नेपाली गीत सँगीत प्रतिको लगाव साँच्चै नै प्रशंसनिय थियो।  unnamed-22 unnamed-20