मगर समाज पोर्चुगलको अधिवेशन सम्पन्न,लामिछाने र पन्त पनि सहभागी


लिस्वन्/पोर्चुगलमा वसोवास गर्ने मगर समुदायहरुको साझा छाता सँगठन मगर समाज पोर्चुगलको तेस्रो अधिवेशनले नारायण काजी थापा मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।राजधानी लिस्वनमा बनभोज तथा बिभिन्न साङ्गितिक प्रस्तुति सगै सम्पन्न अधिबेशनले उक्त निर्णय गरेको हो।

यस्तै कार्यसमिति उपाध्यक्षहरुमा  दीपक राना मगर (बाग्लुङ),मान थापा मगर (स्याङ्जा ),चोप कुमार राना मगर (सोलुखुम्बु),हुतराज पुन मगर (बाग्लुङ) र सुवास पुन मगर (रोल्पा) निर्बाचित भएका छन्। यस्तै महासचिबमा बिनोद मगर (दोलखा) सचिवहरु ओम घर्ती मगर (रुकुम),कमल पुन मगर (बाग्लुङ, कोषाध्यक्ष बिना गर्बुजा राना मगर (म्याग्दी) र सह कोषाध्यक्षमा रुमा तिलिजा मगर (म्याग्दी) चयन भएका छन्।unnamed-11यस्तै कार्यसमितिको सदस्यहरुमा,गोबिन पुन मगर (दाङ),दुर्गा रोका मगर (बाग्लुङ),मनिता बुढाथोकी (सोलुखुम्बु),रविन थापा मगर (म्याग्दी),मौसमी मगर (रुपन्देही),दुर्गा थापा मगर (बाग्लुङ),तेज गाहा मगर (दाङ),नारायण बहादुर थापा मगर (काठमन्डौ),अनिश मगर (काभ्रे),दीपक बुढाथोकी मगर (बाग्लुङ),राम बहादुर पुन मगर (नवलपरासी) र बिनोद राना मगर (गुल्मी) रहेका छन्
कार्यक्रममा गैर आवासिय नेपाली सङघका पुर्व अध्य्क्ष तथा प्रमुख संरक्षक जीवा लामिछाने तथा एनआरएनए  केन्द्रिय उपाध्यक्ष  कुमार पन्त लगायत पोर्चुगल स्थित संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए। -वाई वि तमुबाटunnamed-10