कास्कीमा जेठ १ गतेसम्म मदिरा जन्य पदार्थको उत्पादन, विक्री वितरण तथा उपभोगमा बन्देज


पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले विहिबारदेखि जेठ १ गतेसम्म मदिरा जन्य पदार्थको उत्पादन, विक्री वितरण तथा उपभोगमा बन्देज लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनीक सुचना प्रकाशित गदै जिल्लाभित्र मदिरा उत्पादन र विक्री वितरणमा पूर्ण रुपमा बन्देज लगाएको जनाएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारीका अनुसार कसैले सुचनाको बर्खिलाप गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत दिनुभएको छ । त्यस्तै निवाचनको दिन कार्यालयबाट पास लिएका सवारी साधन बाहेक अन्य सार्वजनीक सवारी साधनहरु संचालनमा रोक लगाइएको छ । निवाचनको दिन आइतबार विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनीक सवारीका साधन संचालनमा रोक लगाइएको जनाएको छ ।

 

जिल्ला प्रशासन कार्यालय कास्कीले स्थानिय तहको निवाचनको लागी सुरक्षाका सवै प्रवन्धहरु ग्रिएको जानकारी दिदै सवै मतदातालाई निर्धक्क भएर भयरहित भई मतदान कार्यमा सहभागी हुन अनुरोध समेत गरेको छ । निवाचन कार्यलाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्ने कार्यका लागी सम्वन्धित सवै पक्षबाट स्थानिय प्रशासनलाई सहयोग पु्रयाउने अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।