स्वच्छ, सुन्दर र सफा महानगर बनेपछि कसैले पनि मुखमा मास्क लगाएर हिड्न पर्दैैन : जिसी


पोखरा – स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा मत माग्न नेकपा एमालेका उम्मेदवार यति बेला, घरदैलो, चुनावी सभामा व्यस्त छन् । पोखरामहानगर पालिकामा नेकपा एमालेबाट मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा उम्मेद्वारसहित नेता कार्यकर्ता सक्रिय रुपमा जनता समक्ष मत माग्न पुगेका छन् । विभिन्न वडाले घरदैलो, ¥याली, कोण सभा गरिरहेका छन् भने मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ चुनावी तालिका बनाएर भोट माग्न व्यस्त छन् । बुधबार उनीहरूले वडा नम्बर ६, २०, २२ र २३ नम्बर वडामा पुगेर एमालेलाई जिताउन आग्रह गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले पोखरालाई वातावरण मैत्री सहरका रुपमा विकास गरेर धुवाm धुलो र मास्करहित सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हरियालीलाई प्रवद्र्धन र प्रदुर्षण मुक्त सहर बनाउने यनोजा ल्याउँछौ,’ उनले भने,‘स्वच्छ, सुन्दर र सफा महानगर बनेपछि कसैले पनि मुखमा मास्क लगाएर हिड्न पर्दैैन । ’ उनले महानगर भित्र निस्कने फोहोरलाई पनि उचित व्यवस्थापन गर्ने बताए ।

‘फोहोरलाई रिसाइकलिङ(पुन प्रयोग गर्ने ) प्रविधि ल्याएर नमुना महानगर बनाउने योजना छ,’ उनले भने,‘ वातावरण मैत्री सहर बनाउन एक घर दुई रुख भन्ने नीतिलाई कडाइ गरिने छ । ’ महानगरवासीको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गर्ने उनको भनाइ छ । जिसीले भौगौलिक हिसावले देशकै सबैभन्दा ठूलो महानगरमा समानुपातिक विकास योजना बनाएर काम गर्ने बताए । ‘पोखरालाई पर्यटन, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको प्रमुख केन्द्रको रुपमा विकास गर्नुेतर्फ अर्जुनदृष्टि लगाएर काम गर्छु,’ उनले भने,‘ इगभर्नेस सेवासहितको सूचना प्रविधिमा आधारित स्मार्ट सहर बनाउने छाड्ने अठोट लिएको छु ’ ।

 

उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले आम मतदाताको सुुझावलाई समेट्दै पोखराको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन काम गर्ने बताइन् । उनले पोखराका सबै वडामा नियमित रुपमा सवारी सधान सञ्चालन गर्न मिल्ने गरी सडक सञ्जालले जोड्नतर्फ प्राथमिकता दिने बताइन् । नेकपा एमालेले अघि सारेको समृद्ध देश र सुखी जनताको नारालाई साकार पार्न मतदाताले आफूलाई मतदान गर्ने विश्वास उनको छ । गुरुङले नागरिकलाई क्षमता अनुसारको रोजगारी उपलब्ध गराउने योजना एमालेसँग रहेको बताइन् । उनले भनिन्, ‘वेरोजगारलाई भत्ता उपलब्ध गराई समृद्ध र समुन्नत सहर बनाउन लागि पर्नेछु ।’ गुरुङले सिंह दरवारको अधिकार नगर र गाउँमा आएकोले विकास निर्माण र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न एमालेलाई जिताउन आग्रह गरिन् । घरदैलो तथा चुनावी सभामा वडा नम्बर ६ हेमकुमार श्रेष्ठ, २० का अध्यक्ष सीम गुरुङ, २२ अध्यक्ष मित्रलाल बराल, २३ दामबहादुर विकले वडाको विकासमा लागि पर्ने प्रतिबद्धा व्यक्त गरेका थिए ।

 

उम्मेद्वारसँगै चुनावी सभा तथा घरदैलोमा एमालेका नेताहरू सोमनाथ अधिकारी प्यासी, गणेश तिमिल्सेना, तुलबहादुर गुरुङ, रवीन्द्र अधिकारी, सीता गिरी ओली, चूडामणि जंगली, खगराज अधिकारी, कृष्ण थापा, श्रीनाथ बराल, राजीव पहारी लगायत सहभागी छन् । उनीहरुले पोखरालाई अबको ३० वर्षमा अन्तर्राष्ट्रिय सहर बनाउने दिर्घकालीन योजना एमालेले बनाएको बताए । चर्चित दोहोरी गायक प्रजापति पराजुलीसहित तारापति सुवेदी, जीवन दाहाल, कृष्ण भण्डारी, लक्ष्मी नेपाली, श्रीराम अधिकारी, जमुना देवकोटा, पवित्रा गुरुङ, नारायण सुनार र ओम गुरुङले गीतमार्फत् एमालेलाई मतदान गर्न आव्हान गरेका थिए । जिसी र गुरुङ बिहीबार वडा नम्बर ३२, ३३, २१, १७ र १५ नम्बर वडामा चुनावी सभा र घरदैलोमा सहभागी हुनेछन् ।

३३ वडामै एमालेको घरदैलो

पोखरा २७ वैशाख ।स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाललेले घरदैलो तीव्र पारेको छ । एमालेलाई मतदान गर्न आह्वान गर्दै पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटै वडामा प्रचारप्रसार गरिएको हो । एमालेले वडा नम्बर १ मा अध्यक्षका उम्मेदवार शारदा पराजुलीसहित सदस्यमा रुद्रप्रसाद चुवाइ, साहारा प्रधान, प्रेमकुमारी साई र प्रेमदेवी परियार भोट माग्ने घरघरै पुगेका थिए । सोही क्षेत्रका युवाले पराजुलीसहितका एमाले उम्मेदवारलाई जिताउन आह्वान गर्र्दै मोटरसाइक ¥यालीको पनि निकाले ।


वडा नम्बर २ मा अध्यक्षका उम्मेदवार दीननाथ सुवेदी र सदस्यमा रामकाजी गुरुङ, यमबहादुर पुन, मिनाकुमारी पराजुली र हरिमाया परियार, ३ मा अध्यक्ष पदका उम्मेदवार शशिधर पराजुली र सदस्यका उम्मेदवारहरू रनसिंह गर्बुजा पुन, विशाल ताम्राकार, तारादेवी तिवारी र सुभद्रा परियार, ४ मा अध्यक्षका उम्मेदवार कृष्ण पराजुलीसहित सदस्य पदका उम्मेदवारहरू अनीलराज कोइराला, अब्दुलहमिद मियाँ, कल्पना गौतम र कमला केसीले घरदैलो गरी मत मागेका छन् ।
वडा नम्बर ५ मा अध्यक्षका उम्मेदवार धनबहादुर नेपाली र सदस्यका उम्मेदवारहरू पुष्पराज बराल, उज्ज्वल खत्री, अञ्जु केसी र हरियामा विश्वकर्मा, ६ मा अध्यक्ष उम्मेदवार हेमकुमार श्रेष्ठ र सदस्यमा विष्णु भट्टराई, हरिकृष्ण पहारी, पुष्पा पहारी र राममाया विश्वकर्मा, ७ मा अध्यक्षका उम्मेदवार रामचन्द्र बराल र सदस्यहरू दीनबन्दु पौडेल, किशोर बराल, प्रभा पन्त र सुकमाया नेपाली, ८ मा अध्यक्ष उम्मेदवार रुद्रनाथ बराल र सदस्यका उम्मेदवारहरू गोपालबहादुर गुरुङ, लेखनाथ पौडेल, किरण गौतम र लक्ष्मी कौशल, ९ मा अध्यक्ष उम्मेदवार गोविन्द तुलाचन र सदस्यका उम्मेदवारहरू प्र्र्रेमबहादुर गुरुङ, श्यामलाल श्रेष्ठ, दिलमाया गुरुङ र लक्ष्मी विश्वकर्माले आआफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।
१० मा अध्यक्षका उम्मेदवार महेन्द्रकुमार गुरुङ र सदस्य पदमा नुना गुरुङ, सम्झनादेवी अधिकारी, शान्तिदेवी परियार र लीलाधर अधिकारी, ११ मा अध्यक्ष पदका उम्मेदवार देवेन्द्र बास्तोला र सदस्य पदका उम्मेदवारहरू लोकराज आचार्य, मीनबहादुर गुरुङ, मिठुमाया गुरुङ र हेमकुमारी नेपाली, १२ मा अध्यक्ष पदका उम्मेदवार ऋषिराम लामिछानेसहित सदस्यहरू निर्मलबहादुर थापा, देशभक्त केसी, शान्ति गुरुङ र विष्णु विश्वकर्मा, १३ मा अध्यक्ष पदका उम्मेदवार लेखबहादुर तामाङ (दर्शन लामा) सहित सदस्य पदका उम्मेदवार टंकप्रसाद भट्टराई, रहिमुल्ला मियाँ, कृष्णकुमारी गुरुङ र कमला विकले आफ्नो क्षेत्रमा मत मागेका छन् ।
पोखरा १४ मा अध्यक्ष पदका उम्मेदवार प्रेमबहादुर कार्कीसहित सदस्य पदका उम्मेदवारहरू जितेन्द्रजंग थापा, ढोलबहादुर गुरुङ, यसोदा केसी भट्टराई र सुनकमली कामी, १५ मा अध्यक्ष पदका उम्मेदवार प्रकाश पौडेलसहित सदस्य पदका उम्मेदवार तोरुणबहादुर बानिया, रुकबहादुर गुरुङ, पार्वती कार्की थापा र मन्दिरा परियार, १६ मा अध्यक्ष पदका उम्मेदवार जीवनप्रसाद आचार्यसहित सदस्य पदका उम्मेदवार मेहरमान थापा क्षेत्री, राजेश गुरुङ, गुमादेवी अधिकारी र विष्णुदेवी आचार्य, १७ मा अध्यक्ष पदका उम्मेदवार तीर्थराज अधिकारीसहित सदस्य पदका उम्मेदवारहरू बैकुण्ठ भण्डारी, शान्तिदेवी गुरुङ, राधिकाकुमारी शाही र तारा परियारले आफूलाई जिताउन आग्रह गर्दै मत मागेका छन् ।
वडा नं १८ मा रणबहादुर थापालाई अध्यक्षका उम्मेदवारसहित सदस्य पदका उम्मेदवारहरू ज्ञानबहादुर थापा, हरिप्रसाद लम्साल, भोजकुमारी थापा र सरला नेपाली, वडा नम्बर १९ मा अध्यक्ष पदका उम्मेदवार शोभामोहन पौडेलसहित सदस्य पदका उम्मेदवारहरू कोमलप्रसाद शर्मा बास्तोला, कृष्णप्रसाद गौतम, कोपिला केसी र तारा परियार, २० मा अध्यक्ष पदका उम्मेदवार सिमबहादुर गुरुङसहित सदस्य पदका उम्मेदवारहरू भीमप्रसाद बास्तोला, मोतीप्रसाद पौडेल, लक्ष्मीदेवी सुवेदी र मन्वुजा विक, २१ मा अध्यक्ष पदका उम्मेदवार खगराज आचार्यसहित सदस्य पदका उम्मेदवारहरू नन्दलाल अधिकारी, रामबहादुर गुरुङ, अम्बिका थापा र सीतादेवी विकको टोलीले भोट माग्दै प्रचारप्रसार गरेका थिए ।
त्यसैगरी २२ मा अध्यक्ष पदका उम्मेदवार मित्रलाल बरालसहित ओमप्रसाद गुरुङ, चेतभक्त शर्मा बराल, धनकुमारी शर्मा र सीता विक, २३ मा अध्यक्ष पदका उम्मेदवार दामबहादुर विश्वकर्मासहित सदस्य पदका उम्मेदवारहरू लोकनाथ पराजुली, तारानाथ पराजुली, लोककुमारी क्षेत्री र गीतादेवी विश्वकर्मा, २४ मा अध्यक्ष पदका उम्मेदवार ओमप्रसाद सुवेदीसहित सदस्य पदका उम्मेदवार सोवनाथ भट्टराई, अग्नीधर त्रिपाठी, सन्तुदेवी सुवेदी र मिना नेपाली, २५ मा पदका अध्यक्षका उम्मेदवार शोभाकर तिम्सिनासहित सदस्य पदका उम्मेदवार दलबहादुर कुँवर, जितबहादुर कार्की, लक्ष्मी अधिकारी र तारा विश्वकर्मा, २६ मा अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद बरालसहित सदस्य पदका उम्मेदवारहरू रामकृष्ण जिसी, खडकबहादुर रानाभाट, मुरली थापा र सर्मिला विश्वकर्मा, २७ मा अध्यक्ष पदका उम्मेदवार कुमार गुरुङसहित सदस्य पदका उम्मेदवारहरू भूमिचन्द्र घिमिरे, शिवराज मिमिल्सिना, राममाया परियार र सीता भण्डारी घरदैलोमा व्यस्त छन् ।
वडा नं. २८ मा अध्यक्ष पदका उम्मेदवार निर्मल सुनारसहित विष्णुप्रसाद तिवारी, वैनबहादुर क्षेत्री, अम्बिका वुढाथोकी र कल्पना परियार, २९ मा अध्यक्ष पदका उम्मेदवार चेतबहादुर गुरुङसहित सदस्य उम्मेदवारहरू थलबहादुर पाण्डे थापा, हेमबहादुर बानिया, निर्मला पौडेल र मनकुमारी सुनार, ३० मा अध्यक्ष पदका उम्मेदवार श्रीराम पोखरेलसहित सदस्य पदका उम्मेदवारहरू सोमलाल कँडेल, चोलाप्रसाद बराल, सारदा बास्तोला र रमा नेपाली, ३१ मा अध्यक्ष पदका उम्मेदवार कमलबहादुर थापासहित सदस्य पदका उम्मेदवार विष्णुवहादुर भुजेल, पूर्णखर पाण्डे, सावित्री भण्डारी र विष्णु सुनार, ३२ मा अध्यक्ष पदका उम्मेदवार खमबहादुर पुनसहित सदस्य पदका उम्मेदवारहरू गोविन्दप्रसाद पगेनी, विष्णुप्रसाद तिवारी, विष्णुमाया धमला र सुनमाया नेपाली, ३३ मा अध्यक्ष पदका उम्मेदवार शिवप्रसाद आचार्यसहित सदस्य पदका उम्मेदवारहरू लीलबहादुर श्रेष्ठ, दीपकराज लामिछाने, शान्तिदेवी आचार्य र शोभा सार्कीले आफ्नो क्षेत्रमा घरदैलो, कोणसभा आदि गरी आफूलाई जिताउन आग्रह गरेका छन् ।