एमालेको अर्जुनदृष्टि पोखरा लेखनाथको समृद्धि : जिसी, काँग्रेस नेता बादलका दाजु सहित ठुलो सख्या एमालेमा प्रबेश


पोखरा – स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा मत माग्न नेकपा एमालेका उम्मेद्वारहरु यति बेला, घरदैलो, चुनावी सभामा व्यस्त छन् । पोखरामहानगर पालिकामा नेकपा एमालेबाट मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा उम्मेद्वारहरुसहित नेता कार्यकर्ता सक्रिय रुपमा जनता समक्ष मत माग्न पुगेका छन् । विभिन्न वडाहरुले घरदैलो, ¥याली, कोण सभा गरिरहेका छन् भने मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले चुनावी तालिका बनाएर भोट माग्न व्यस्त छन् । सोमबार उनीहरुले वडा नम्बर २, २४, १८ र ४ नम्बर वडामा पुगेर एमालेलाई जिताउन आग्रह गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले मयेर पदमा विजयी भएपछि अर्जुनदृष्टि लगाएर महानगरलाई समृद्ध बनाउन लागि पर्ने बताएका छन् । ‘ एमालेको अर्जुनदृष्टि पोखरा लेखनाथको समृद्धि,’ उनले भने, ‘ विकासको असमानता भएको हाम्रो महानगरमा समानुपातिक विकास आवश्यक छ, त्यसको लागि योजना बनाएरै काम गर्छु । ’

चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २४ र १८ मा भएका सभा तथा घरदैलो कार्यक्रममा उनले पोखरा महानगरमा भगौलिक चुनौती रहेकोले गाविसबाट सिधै महानगरका वडा बनेका ठाउँमा आधारभूत आवश्यकताको पूर्वाधार निर्माण गरी महानगरको सेवा अनुभूति हुने गरी काम गर्न आफू कटिबद्ध रहेको बताए । कास्कीकोट र सराङकोटमा पर्यटनको प्रचुर सम्भावना भएकालेले पटेक एरिया बनाएर पर्यटनको पूर्वाधार निर्माणमा जोड दिने उनले बताए । पोखरालाई आगामी २५ वर्षमा अन्तर्राष्ट्रिय सहर बनाउने एमालेको घोषणालाई महानवासीले साथ दिनेमा आफू विस्वस्त रहेको भनाइ उनेको छ ।

कार्यक्रममा उपमेयरका उम्मेद्वार मञ्जुदेवी गुरुङ पोखराका सबै वडामा सडक सञ्जालले जोड्नतर्फ प्राथमिकता दिने बताए । नेकपा एमालेले अघि सारेको समृद्ध देश र सुखी जनताको नारालाई साकार पार्न मतदाताले आफूलाई मतदान गर्ने विश्वास उनको छ । आफू पोखराको विकास र समृद्धिका लागि समर्पित भएको बताएका छन् । महानगरपालिकालाई नेपालमै उदाहरणीय महानगरपालिका बनाउने लागि उनले बताइन् । ‘हाम्रो महानगरपालिका सबैभन्दा ठूलो हो,’ उनले भनिन ‘सामानुपातिक विकास योजना तय गरेर उत्कृष्ट महानगरपालिका बनाउन आवश्यक छ । ’ उनले पार्टीले तयार पारेको पोखरा महानगरपालिकाको घोषणापत्रमा समेटिएका विषय र योजनालाई लागू गराउने प्रतिबद्धता व्यक्त गरिन् । ‘महिला, बालबालिका, युवा सबैलाई समेटेर विकासमा लाग्ने छु,’ उनले भनिन्, ‘म महानगरको विकासका लागि कुनै कसर बाँकी राख्ने छैन ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस् सीता गिरी ओलीले सथानीय तह योजनावद्ध विकासको खाका एमालेसँग मात्र रहेको दाबी गर्दै एमालेका उम्मेद्वारलाई जिताउन आग्रह गरिन् । उनले जनतालाई सुशासन प्रत्याभूति दिलाउने गरी एमालेले काम गर्ने बताइन् । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले विश्वका नाम चलेका सहर जस्तै पोखरालाई व्यवस्थित बनाउने महत्वकांक्षा राखेर काम गर्नुपर्ने बताए । वडा नम्बर २ का अध्यक्षका उम्मेद्वार दीननाथ सुवेदी, १८ का अध्यक्ष रणबहादुर थापा, २४ का अध्यक्ष ओमप्रसाद सुवेदी र ४ का अध्यक्ष कृष्णप्रसाद पराजुली ढाकामोहनले वडाको विकासमा लागि पर्ने प्रतबद्धता व्यक्त गरेका थिए ।

चुनावी प्रचार अभियानमा एमाले प्रदेश कमिटीका सदस्य श्रीनाथ बराल लगायतका नेता, कार्यकर्ता पनि उम्मेद्वारसँगै सहभागी छन् । जिसी र गुरुङले मंगलबार ५, ७, ८, ९, र १० नम्बर वडाको चुनावी कार्यक्रममा सहभागी हुनेछन् । उनीहरुसँगै सम्बन्धित वडा अध्यक्षका उम्मेद्वार, सदस्यका उम्मेद्वारहरु र नेता, कार्यकर्ता पनि प्रचारप्रसारमा हिड्ने छन् ।

स्वः काँग्रेस नेता रामजी पौडेलका दाजु सहित तिन सय ५०  एमालेमा प्रबेश

नेपाली काग्रेसका होनाहार,ईमान्दार र कर्तब्य निष्ट रामजी पौडेल वादलका दाजु राममणि पौडेल सहित पौडेल परिवारको ठुलो सख्या एमालेमा प्रबेश गरेको छ । वि.सं. २०७२ साउन २८ गते नेपाली काँग्रेस कै कार्यकर्ताद्वारा हत्या गरिएका बादलको हत्यारा पत्ता लगाउन त कता हो कता उल्टै पार्टीले संरक्षण गरेर राखेको भन्दै एमालेमा प्रवेश गरेका एमालेले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषदका उपाध्यक्ष तथा पूर्वमन्त्री खगराज अधिकारी, पोखरा लेखनाथ महानगरपालिकाको एमालेका तर्फबाट मेयरका उम्मेदवार मानबहादुर जिसी र उपमेयरका उम्मेदवार मञ्जु गुरुङ लगायतले पौडेल परिवारलाई एमालेमा स्वागत गरेका थिए ।

दाइ प्रभु पौडेल, भाइहरु ज्ञानेन्द्र पौडेल, गोपीराज पौडेल, अपिल पौडेल लगायतले काँग्रेसले न्याय नगरेको र उम्मेदवारको हल्ला फिजाएर पनि अन्तिम अवस्थामा आएर चन्द्रावती पौडेललाई टिकट नदिएको भन्दै काँग्रेसप्रति आक्रोश व्यक्त गरेका थिए । नेकपा एमालेको राष्ट्रियताको अभियानमा योगदान पु¥याउने पौडेल परिवारले प्रतिबद्धता व्यक्त गरेको छ । पौडेल परिवारका साथै उनका आफन्तहरु वाग्ले र लामिछाने परिवार पनि एमालेमा प्रवेश गरेका हुन् ।

पोखरा लेखनाथ महानगरको वडा नम्बर २७ का अध्यक्षका उम्मेदवार कुमार गुरुङ र २८ का अध्यक्षका उम्मेदवार निर्मल दियाली सुनार लगायतले उक्त अवसरमा बोलेका थिए । रामजी पौडेलको जन्म गाउँ अर्घौं अर्चलेमा कार्यक्रम भएको हो ।

रामजी पौडेलको शालीक एमालेले बनाउने

रामजी पौडेलको जन्म गाउँ अर्घौं अर्चलेमा स्वर्गीय नेता रामजी पौडेलको शालीक नेकपा एमालेले बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । पौडेल परिवारको भावनालाई सम्बोधन गर्दै एमालेले शालीक बनाउने प्रतिबद्धता व्यक्त गरेको हो । एमालेको तर्फबाट वडा नं. २७ को अध्यक्षमा उम्मेदवारी दिएका कुमार गुरुङले रामजी पौडेलको शालीक निर्माण गरेर पौडेल परिवारलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । हत्याको छानविन गरी हत्यारा पत्ता लगाउन पनि सहयोग गर्ने उनले बताए ।


वि स २०७२ साउन २८ गते नेपाली काग्रेस कै कार्यकर्ताद्धारा हत्या गरिएका वादलको हत्यारा पत्तालगाउन त कता हो कता उल्टै पाटीले संरक्षण गरेर राखेको भन्दै पौडेल परिवारका तीन सय ५० जना भन्दा वढि एमालेमा प्रबेश गरेका हुन् ।