पोखरा लेखनाथ महानगरका विभिन्न पदका २२ जनाद्धारा उम्मेदवारी फिर्ता (लिष्ट सहित)


पोखरा –  बैशाख ३१ गतेको निर्वाचनका लागि पोखरा लेखनाथ महानगरका विभिन्न पदमा उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन तालिका अनुसार विहिवार दिउसो १ देखि ५ बजे सम्मको समयमा एक मेयर र ११ वडाध्यक्षका उम्मेदवार सहित २२ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ । सदस्य पदका ६ , महिला सदस्यका ३ र दलित महिला सदस्य पदमा मनोनयन दर्ता गराएका २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

महानगरको मेयरमा माओबादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रमा भएको सहमति अनुसार महानगरको मेयरमा कांग्रेसको उम्मेदवारलाई जिताउने गरी लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै अखण्ड नेपाल पार्टीको तर्फबाट पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १६ को अध्यक्षमा उम्मेदवारी दिएका होम बहादुर खड्का र ३० नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका मोहन बहादुर थापा, २५ नम्बर वडाको अध्यक्षमा उम्मेदवारी दिएका अम्बर बहादुर थापाले उम्मेदवारी फिर्ता गरेका छन् । वडा नम्बर १२ को अध्यक्षमा राप्रपाबाट मनोनयन दर्ता गराएका खड्ग बहादुर लाभाजु र संघिय समाजवादी फोरमको तर्फबाट वडानम्बर ३० को अध्यक्षमा उम्मेदवारी दिएका पूर्णसिंह गुरुङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा वडा नम्बर ६ को अध्यक्षमा मनोनयन दर्ता गराएका गिरीराज अधिकारी , वडानम्बर ३३ को अध्यक्षमा उम्मेदवारी दिएका भिम बहादुर सार्की, २१ का रघुनाथ पराजुली, ३१ क उमानाथ तिवारी र वडानम्बर ३३ को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका विष्णु प्रसाद आचार्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

22