नेकपा एमालेको पोखरा लेखनाथ महानगरपालिकामा घरदैलो कार्यक्रममा तिव्रता (तालिका सहित)


पोखरा – नेकपा एमालेका पोखरा लेखनाथ महानगरपालिकामा घरदैलो कार्यक्रम सुरु गरेको छ । विहिबार पोखरा वडा नम्वर २८ बाट उम्मेद्वार सहित घरदैलो कार्यक्रम सुरु गरेको हो । पोखरा लेखनाथ महागनरपालिकाका मेयरका उम्मेदवार मानबहादुर जिसी, उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङ र वडा नम्वर २८ का वडा अध्यक्षका उम्मेदवार निर्मल सुनार दियाली सहित वडा सदस्यहरुले संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेका हुन् ।

पोखरा २८ को चार नम्वर वडाको बेत्यानीबाट मेयरका उम्मेदवार जिसीले आफनो घरदैलो अभियान सुरु गरेका हुन् । पोखरा २८ को बेत्यानी, रैकर र कालिकामा उनीहरुले घरदैलो गदै एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । पोखराको समृद्धि र विकासका लागी एमालेको जीत आवश्यक रहेको बताउदै आफुहरुलाई जिताउन आग्रह गरे । उनीहरुले आफुहरुलाई जिताए जनताको सेवक भएर काम गर्ने जनतासंग प्रविद्धता ब्यक्त गरेका छन् । मेयरका उम्मेदवार जिसीले सडक, खानेपानी लगायत पूर्वाधार विकासका विगतका योजनालाई पुरा गर्न आफनो जित आवश्यक रहेको बताए । पोखराका हरेक वडालाई समान रुपमा विकास गर्न गदै सुविधा सम्पन्न शहरका रुपमा विकास गर्न एमालेको जित आवश्यक रहेको बताए ।

उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले पोखरालाई सांस्कृतिक, धार्मिक पर्यटनका रुपमका विकास गदै आन्तराष्ट्रिय पर्यटन शहरका रुपमा विकास गदै यहाँको विकास र समृद्धिका लागी एमालेको जित आवश्यक रहेको बताइन् । उनले पोखराको मात्रै नभएर नेपालकै विकास र समृद्धिको योजना एमालेसंग भएको बताउदै पोखराका सवै वडालाई सुविधा सम्पन्न बनाउने भिजन र योजना रहेको बताइन् ।

उनले बृद्धबृद्धा,महिलालाई सम्मान गर्ने र युवा सवैसंग सहकार्य गदै समातामुलका समाज निर्माण गर्ने पार्टी एमाले मात्रै भएको बताइन् । उनले एमाले नेता मनमोहन अधिकारीको नौ महिने सरकारले सुरु गरेको जेष्ठ नागरिक भत्तालाई आफनो पार्टीले जिते ५ हजार रुपैयाँ पुर्याउने भएकाले एमालेका उम्मेदवारलाई जितान आग्रह गरिन् ।

कार्यक्रममा वडा नम्वर २८ का उम्मेदवार निर्मल सुनार दियाली, मोहन गुरुङ, भोलानाथ त्रिपाठी लगायतले एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । वडामा पुगेका उम्मेदवारलाई जनताले माला र अविर लगाएर स्वागत गरेका थिए ।

प्रचार प्रसार गर्न नेकपा एमाले कास्कीले तालिका:

स्थानीय तह निर्वाचनमा उम्मेद्वारको प्रचार प्रसार गर्न नेकपा एमाले कास्कीले तालिका बनाएको छ । एमाले कास्कीका अनुसार मेयर र उपमेयरको चुनावी प्रचार तालिका सार्वजनिक गरेको हो ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटीले दिएको जानकारी अनुसार वैशाख २१ गते पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर २८ मा मेयरका उम्मेद्वार मानबहादुर जिसी र उपमेयरका उम्मेद्वार मञ्जुदेवी गुरुङ र वडाका उम्मेद्वारसहित कोण सभा र घर दैलो कार्यक्रम गरिएको छ ।

तालिका अनुसार वैशाख २२ गते वडा नम्बर ३, ११, १२,१३ र १४ गते उम्मेद्वार परिचय कार्यक्रमसहित चुनावी सभा र घरदैलो कार्यक्रम तय गरिएको छ । एमाले कास्कीका अनुसार वैशाख २३ गते वडा नम्बर २६, २७, २९, ३० र ३१, वैशाख २४ गते २५, १९, १६ र १ नम्बर वडामा कार्यक्रम तय गरिएको छ । तालिका अनुसार वैशाख २५ गते २, २४, १८ र ४ नम्बर वडामा, २६ गते ५, ७, ८, ९, १० मा मेयर र उपमेयरसहित प्रचार प्रसार कार्यक्रम गरिने छ ।

वैशाख २७ गते २०, २२, २३, ६ नम्बर वडा र अन्तिम दिन वैशाख २८ गते ३२,३३,२१, १७ र १५ गते चुनावी प्रचार प्रसार सभा गरिने एमाले कास्कीले जनाएको छ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेले प्रचार प्रसारलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।