नेपालोना फुटबल कपको उपाधि डायरवल्भसलाई (फोटोफिचर सहित)


नेपालोना फुटबल कप उपाधि बिजेता डायरवल्भस

बार्सिलोना/ “नेपालोना फुटबल कप २०१७” को उपाधि डायरवल्भस टिमले जितेको छ।फाईनलमा गोर्खाजलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै डायरवल्भसले नगद ३ सय ३ युरो नगद सहित ट्रफ्री तथा मेडल जितेको हो। स्पेनको नेपाली समुदाय माँझ नेपालोना ईभेन्टले सोमबार बार्सिलोना आयोजना गरेको प्रतियोगिताको उपबिजेता गोर्खाजले २ सय २ युरो नगद सहित ट्रफ्री र मेडल हात पारेको छ।

यस्तै सुजुरन ब्वाईज र टिम माउन्ट एभरेष्टले सेमिफाईनल सम्मको यात्रा तय गरे। बिजेता डायरवल्भसका खेलाडीहरु प्रशान्त पाण्डे उत्कृष्ट खेलाडी र सबिन बस्नेत उत्कृष्ट गोलकिपर घोषित बने।unnamed-22प्रतियोगितामा माउन्ट एभरेष्ट,सुजुरन ब्वाईज,डायरवल्भस,गोर्खाज,एनआरएनए स्पेन,जनसम्पर्क समिति स्पेन,प्रबासी नेपाली मञ्च स्पेन र जनप्रगतिशील मञ्च स्पेन गरी आठ वटा समुहले भाग लिएका थिए। बालबालिका र महिलाहरु बीच पनि छुट्टा छुट्टै मैत्री पूर्ण खेल सम्पन्न भएको थियो।

नेपालोना ईभेन्टका साईग्रेसले प्रतियोगिता आँफूहरुले सोचे अनुरुप सौहार्द पूर्ण बाताबारणका सम्पन्न भएको प्रतिक्रिया दिए। आयोजक मध्येका सुरेश शर्मा र साङ्गे शेर्पाले नेपाली समुदायको बाक्लो उपस्थितिका साथै सहयोग र सद्भभाव मिलेको भन्दै खुशी ब्यक्त गरेका छन्। तस्बिर:- साईग्रेस unnamed-34 unnamed-10 unnamed-13 unnamed-21 unnamed-18 unnamed-15 unnamed-11 unnamed-23 unnamed-24 unnamed-25 unnamed-20 unnamed-16 unnamed-30 unnamed-17 unnamed-27 unnamed-28 unnamed-29 unnamed-19 unnamed-12 unnamed-31 unnamed-14 unnamed-32 unnamed-22