काग्रेसबाट मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उमेदवार


पोखरा – नेपाली कांग्रेसले सोमवार दिउसो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेश शंकर पालिखे र उपमेयरमा स्व रामजी पौडेल वादल की पत्नी चन्द्रावती पौडेलको नाम टुङ्गो लगाएपनि अन्तिम समयमा आएर उमेदवार परिवर्तन गरेको छ ।

मेयरमा उमेदवारी पाउने पक्का भएपछि पालिखे पार्टीको आधिकारिक पत्र बुझ्न दिउसो देखि कुरेर बसेका थिए । तर सोमबार राती मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उमेदवार बनाउने अन्तिम निर्णय भएको हो । अाधिकारिक घोषणा हुन अझै बाँकी छ ।